१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्ड–कम्बोडिया युद्धविराम गर्न सहमत



अ+ अ-

एजेन्सी । थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् । दुई देशका नेताहरू सोमवार मध्यरातदेखि युद्धविराम लागू गर्न सहमत भएका हुन् ।

मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आयोजना गरेको बैठकपछि दुई देशका नेताहरु युद्ध विरामका लागि सहमत भएका हुन् । कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो ।

दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।