५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पाण्डे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मन्त्री नियुक्त भएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्रीहरुको उपस्थित थिए ।

यसअघि मुख्यमन्त्री आचार्यले यो मन्त्रालय सम्हाल्दै आएका थिए । आइतबार आचार्यले पाण्डेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।