३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई/मधेश द्रुतमार्ग वैकल्पिक उपायबाट भए पनि सम्पन्न गर्नुपर्छ–प्रधानमन्त्री



अ+ अ-

काठमाडौं, साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग नेपालको रणनीतिक महत्वको आयोजना भएको उल्लेख गर्दै यसको निर्माण कार्य वैकल्पिक उपायबाट भए पनि सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

ओलीले साेमबार आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै  द्रुतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न समस्या समाधानका लागि गहन छलफल भएको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘काठमाडौं–तराई/मधेश द्रुतमार्ग (Expressway) हाम्रो रणनीतिक महत्त्वको सडक आयोजना हो, यसले काठमाडौंलाई १ घण्टाको समयमै तराईसँग जोड्छ, नेपाली सेनाले द्रुतमार्ग निर्माण गरिरहेको छ।’

खोकना क्षेत्रको निर्माण सकिएपछि द्रुतमार्गले तराईसँग सडकमार्फत प्रत्यक्ष जोडिने भएकाले त्यसको निर्माण प्राथमिकतामा राखिएको ओलीको भनाइ छ। उहाँले  खाेकनाकाे समस्याको समाधान गर्न वैकल्पिक उपायहरू खोज्न आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसार मन्त्रालय र नेपाली सेनालाई उपाय खोज्न आग्रह गरिएको बताउनुभएको छ। ‘द्रूतमार्गको खोकना-डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो, खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ, वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ, सोही अनुसारको उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु, हामीसँग धेरै समय छैन’, उहाँले लेख्नु भएकाे छ ।

ओलीले राष्ट्रिय महत्वका पूर्वाधार निर्माणमा ढिलाइ नगर्न र द्रुत गतिमा काम अघि बढाउनुपर्ने बताउँदै आउनु भएकाे छ । उहाँले द्रुत मार्गकाे विषयमा पटक पटक छलफल गर्नु भएकाे छ ।

काठमाडौं–तराई द्रुतमार्ग ७६.२ किमी लम्बाइको आयोजना हो । जुन नेपाली सेनामार्फत निर्माण भइरहेका ठूला सडक परियोजनामध्ये एक हो। यसले राजधानी क्षेत्र र तराई मधेशलाई छोटो समयमै जोड्ने लक्ष्य लिएको छ।