१ भाद्र २०८३, सोमबार
,
Latest
काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई/मधेश द्रुतमार्ग वैकल्पिक उपायबाट भए पनि सम्पन्न गर्नुपर्छ–प्रधानमन्त्री



अ+ अ-

काठमाडौं, साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग नेपालको रणनीतिक महत्वको आयोजना भएको उल्लेख गर्दै यसको निर्माण कार्य वैकल्पिक उपायबाट भए पनि सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

ओलीले साेमबार आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै  द्रुतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न समस्या समाधानका लागि गहन छलफल भएको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘काठमाडौं–तराई/मधेश द्रुतमार्ग (Expressway) हाम्रो रणनीतिक महत्त्वको सडक आयोजना हो, यसले काठमाडौंलाई १ घण्टाको समयमै तराईसँग जोड्छ, नेपाली सेनाले द्रुतमार्ग निर्माण गरिरहेको छ।’

खोकना क्षेत्रको निर्माण सकिएपछि द्रुतमार्गले तराईसँग सडकमार्फत प्रत्यक्ष जोडिने भएकाले त्यसको निर्माण प्राथमिकतामा राखिएको ओलीको भनाइ छ। उहाँले  खाेकनाकाे समस्याको समाधान गर्न वैकल्पिक उपायहरू खोज्न आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसार मन्त्रालय र नेपाली सेनालाई उपाय खोज्न आग्रह गरिएको बताउनुभएको छ। ‘द्रूतमार्गको खोकना-डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो, खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ, वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ, सोही अनुसारको उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु, हामीसँग धेरै समय छैन’, उहाँले लेख्नु भएकाे छ ।

ओलीले राष्ट्रिय महत्वका पूर्वाधार निर्माणमा ढिलाइ नगर्न र द्रुत गतिमा काम अघि बढाउनुपर्ने बताउँदै आउनु भएकाे छ । उहाँले द्रुत मार्गकाे विषयमा पटक पटक छलफल गर्नु भएकाे छ ।

काठमाडौं–तराई द्रुतमार्ग ७६.२ किमी लम्बाइको आयोजना हो । जुन नेपाली सेनामार्फत निर्माण भइरहेका ठूला सडक परियोजनामध्ये एक हो। यसले राजधानी क्षेत्र र तराई मधेशलाई छोटो समयमै जोड्ने लक्ष्य लिएको छ।