• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित



काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र  संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा  बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो ।

संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९  नेपालीको निधन भएको छ । त्यस्तै  अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ ।  यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक बाहिर १४ हजार ४२५  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको  एनआरएन, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। 

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
 
एनआरएनएले सहजीकरण गर्ने
संक्रमितमध्ये करीब चार हजार पाँच सय नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।
 यसैबीच नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ ।  संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन  संघ सहजीकरणका लागि तत्पर रहेको बताए ।

यसैबीच  संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषद्सँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए । छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ । बैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित  समन्वय परिषद्का अध्यक्षहरुले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए ।