• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   कारबाहीविरूद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा ★   बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी ★   साउदीमा चरम गर्मीका कारण हजमा गएका एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु ★   पुल्चोक, नेपाल ल र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक पाउने ★   पूर्व भारतीय क्रिकेटरले गरे आत्महत्या ★   पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ: गृहमन्त्री ★   पहिरोले पुल बगाएपछि आवगमन ठप्प ★   चेस प्रतियोगिता यसै सातादेखि ★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । शनिवार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याउनुभएको टिप्पणी पनि गर्नुभयो । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उहाँले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गर्नु यो । अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘अहिले हामीसँग प्रश्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरुसँग सम्बन्धित खास गरी भन्सार र आयकर सम्बन्धि अरु विभिन्न प्रकारका करहरु सम्बन्धि या सम्पूर्ण आयको अनुमानसम्बन्धि र व्ययका क्षेत्रहरु र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले । हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकि रहन्छ । अघि नै मैले भने–विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौति गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौति भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्तो कमी रहे, त्यसलाई पनि हेरिनेछ । र यस बजेटका सवल पक्षहरु के हुन, सकारात्मक पक्षहरु के हुन् ? ती पनि हेरिनेछ । र यसमा कमीकमजोरीहरु के छन् ? त्यसलाई पनि हेरिनेछ । र यस सन्दर्भमा हामी अलिक छलफल खुलेर नै गर्छौं ।

यो बजेट एकदमै सामान्य हिसावले भन्ने हो भने दफावार हिसावले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढता देखिन गएको छ । र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढि एकातिर ढल्किएको खालको जस्तो देखिन्छ । यो कमी रहेको छ । यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भिर त्रुटीहरु रहे ।

हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ । पछि साथीहरुले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ । एउटा चाहीँ हामीमा कुनै दुविधा हुनुहँँुदैन– यस बजेटलाई हामी समर्थन गर्छौं । र पारित गर्छौं । यसको मतलव बजेटमा रहेका कुनै कमी पनि औंल्याउन हुँदैन भन्ने होइन ।’

अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरुलाई निर्देशन दिनुभयो ।