काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चितवनमा लोडसेडिङ नभएको बताएको छ ।
प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै चितवनमा लाइन अवरुद्ध हुने समय तालिका मात्रै सार्वजनिक भएको तर लोडसेडिङ नभएको प्रस्ट पारेको हो ।
लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई लोडसेडिङ तालिकाको नाम दिइएको भन्दै प्राधिकरणले असन्तुष्टि पनि जनाएको छ ।
खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत् लाइन तथा ट्रन्सफर्मरहरू अदलीबदली गर्नुपर्ने भएकोले लाइन अवरुद्ध हुने समय तालिका मात्रै सार्वजनिक गरिएको प्राधिकरणले प्रस्ट पारेको छ ।
‘चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन मिति २०८२र४र१६ का लागि निकालेको लोड व्यवस्थापन तालिकाले श्रृजना गरेको अन्योल र त्यसैलाई लिएर व्यक्त धारणाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।











