२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा सुख्खापनको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन पाउँदैनः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले मधेसको खानेपानी तथा सिंचाईको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन नमिल्ने टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो टिप्पणी गर्नुभएको हो । मधेसको सुख्खापनको समस्या समाधान गर्न सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले एक वर्षमा जनहितका केही उपलब्धि प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र हुन नसक्ने टिप्पणी पनि गर्नुभयो ।

जनताको आधारभुत सेवा र सुविधा सुनिश्चित गर्न राज्य पूर्णतः असफल भएको आरोप लगाउनु भयो । तपाईंजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न उहाँको छ ।

उहाँले भन्नुभयो, ‘मधेसका नागरिकहरुलाई खानेपानी तथा सिंचाईको लागि पानी उपलब्ध गराउने कागजी घोषणले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यगज्युमार्फत नेपाल सरकारलाई आग्रह गर्दछु । लागु नभएका र नहुने सरकारका सात बुँदाको म यहाँ चर्चा गर्न चाहान्न । जनताले के खोजेका थिए र यो एक वर्षमा के भयो ? नेपाली जनताले अर्थतन्त्रमा सुधार खोजेका थिए तर सरकारले सुधार गर्न सकेन । रोजगारीको माग गरे सरकारले वास्ता गरेन । निःशुल्क औषधोउपचार पाउने गरि जनताको इच्छा समेत पूरा भएन । दलालबाट मुक्ति खोजेका जनताले त्यो पनि पाएनन् । राज्यले तोकेको सेवा जनताले उपभोग गर्न पाएनन् । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? सक्रिय जनशक्ति पलायन हुनबाट किन रोक्न सक्नुभएन ?’

उहाँले मुलकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।




भर्खरै