१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेँटीमा गुञ्जिए न्ह्यू बज्राचार्यका धुन



अ+ अ-

काठमाडौं: यही शुक्रबार र शनिबार नेपालयको आरसालामा सङ्गीतकार न्ह्यू  बज्राचार्यको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।

 गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिले गीत सुनाउदा उनले केहीवर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए । लासमितको स्वरमा रेकर्ड भएको नआऊ सपनाभरि‘ सङ्गीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो ।

 त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउदै अघिअघि जिन्दगी‘ सुनाएका थिए । तेस्रो प्रस्तुतिमा गीतकार विप्लब प्रतीकको काव्यात्मक गीत एउटी सानी परी‘ रहेको थियो । यसपालीको कार्यक्रमलाई कवि विप्लबले नै सञ्चालन गरेका थिए । सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द आधीबाटो हिंडेपछि‘ सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्‍यो ।

 कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो । उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको ‘यो मन त तलाउ होलाई कुशलता पूर्वक प्रस्तुत गरेकी थिइन् । राजेन्द्र थापाको यस गीतपछि बानिकाले बिभिन्न चरणमा तिमी बाहेक‘, ‘खाटा बसेछ‘, ‘ए ऐना‘, र छाएछ बसन्त‘ बोलका गीतहरू प्रस्तुत गेरकी थिइन् । न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठबसन्त चौधरीमञ्जु लामाभूषण खरेलगोपाल प्याकुरेलमदन कृष्ण श्रेष्ठक्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए । कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भएका थिए । 

 बानिका प्रधानको गायनलाई सङ्गीतकार न्ह्यू बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रसंसा गरेका थिए ।

 कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए । जसमा मेरो प्यारो‘, ‘पागल‘, ‘अरबौं मान्छेहरूमा‘, ‘जय होस्‘ बोलका गीतहरू रहेका थिए । आनी छोइङको स्वरमा लोकप्रिय बनेको फूलको आँखामा‘ गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए ।

 यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मीतबलामा सम्भु बानियाँबाँसुरीमा मिलन घिमिरेपर्कसनमा पारशमणि सुबेदीगिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ रहेको थियो ।

 शुक्रबारको पलेँटी हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो- ‘न्ह्यूका गीतहरूलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियोत्यो मेटियो मात्र होइनगज्जबको प्रस्तुति भयो । दामी कार्यक्रम ।

 आजको साँझ अविष्मरणी साँझ रह्‍यो । न्ह्यूको सङ्गीत त सुन्दर छँदैछउसको सेन्स अफ  ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो ।‘ यसपालीको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो ।

आगामी अगष्ट महिनाको पलेँटीमा सङ्गीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको जानकारी पलेँटी संयोजक आभासले गराएका थिए । रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीतसङ्गीतमा क्रियाशील कलाकार हुन् ।

अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार दुवालका सृजनाहरू समेटिएको पलेँटी हुनेछ ।  कालिकास्थानस्थित नेपालयको आरसालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np  मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।