६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

पलेँटीमा गुञ्जिए न्ह्यू बज्राचार्यका धुन

पलेँटीमा गुञ्जिए न्ह्यू बज्राचार्यका धुन
अ+ अ-

काठमाडौं: यही शुक्रबार र शनिबार नेपालयको आरसालामा सङ्गीतकार न्ह्यू  बज्राचार्यको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।

 गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिले गीत सुनाउदा उनले केहीवर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए । लासमितको स्वरमा रेकर्ड भएको नआऊ सपनाभरि‘ सङ्गीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो ।

 त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउदै अघिअघि जिन्दगी‘ सुनाएका थिए । तेस्रो प्रस्तुतिमा गीतकार विप्लब प्रतीकको काव्यात्मक गीत एउटी सानी परी‘ रहेको थियो । यसपालीको कार्यक्रमलाई कवि विप्लबले नै सञ्चालन गरेका थिए । सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द आधीबाटो हिंडेपछि‘ सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्‍यो ।

 कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो । उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको ‘यो मन त तलाउ होलाई कुशलता पूर्वक प्रस्तुत गरेकी थिइन् । राजेन्द्र थापाको यस गीतपछि बानिकाले बिभिन्न चरणमा तिमी बाहेक‘, ‘खाटा बसेछ‘, ‘ए ऐना‘, र छाएछ बसन्त‘ बोलका गीतहरू प्रस्तुत गेरकी थिइन् । न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठबसन्त चौधरीमञ्जु लामाभूषण खरेलगोपाल प्याकुरेलमदन कृष्ण श्रेष्ठक्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए । कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भएका थिए । 

 बानिका प्रधानको गायनलाई सङ्गीतकार न्ह्यू बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रसंसा गरेका थिए ।

 कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए । जसमा मेरो प्यारो‘, ‘पागल‘, ‘अरबौं मान्छेहरूमा‘, ‘जय होस्‘ बोलका गीतहरू रहेका थिए । आनी छोइङको स्वरमा लोकप्रिय बनेको फूलको आँखामा‘ गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए ।

 यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मीतबलामा सम्भु बानियाँबाँसुरीमा मिलन घिमिरेपर्कसनमा पारशमणि सुबेदीगिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ रहेको थियो ।

 शुक्रबारको पलेँटी हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो- ‘न्ह्यूका गीतहरूलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियोत्यो मेटियो मात्र होइनगज्जबको प्रस्तुति भयो । दामी कार्यक्रम ।

 आजको साँझ अविष्मरणी साँझ रह्‍यो । न्ह्यूको सङ्गीत त सुन्दर छँदैछउसको सेन्स अफ  ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो ।‘ यसपालीको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो ।

आगामी अगष्ट महिनाको पलेँटीमा सङ्गीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको जानकारी पलेँटी संयोजक आभासले गराएका थिए । रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीतसङ्गीतमा क्रियाशील कलाकार हुन् ।

अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार दुवालका सृजनाहरू समेटिएको पलेँटी हुनेछ ।  कालिकास्थानस्थित नेपालयको आरसालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np  मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।