६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक
अ+ अ-

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।

टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा उल्लेख छ ।

भिडियोमा ठूलो संख्यामा कोरस प्रयोग गरिएको छ । क्यारेक्टर आर्टिस्टले नाच्न जान्दैनन् भनिन्छ । तर, विजय बरालले मेहनत गरेका छन् । कोरियोग्राफीमा पनि मेहनत गर्दा भिडियो राम्रो बनेको छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।

चलचित्रको कथाले आम मानिसको व्यथा बोल्ने र पारिवारिक सम्बन्धका संवेदनाहरुलाई औंल्याउने प्रयास गरेको लेखक भानुभक्त ढकाल बताउनुहुन्छ । कथामा आफूले निकै मिहिनेत गरेको र टिमको मिहेनतले चलचित्र निकै राम्रो बनेको हुँदा चलचित्रले छाप छाड्ने कुरामा ढुक्क रहेको ढकालले बताउनुभयो ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको एक बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।