२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी भैरव ढकालले ३ हजार ७ सय २७ र सञ्जीव गोर्खाली ढकाल २ हजार १ सय २६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा बबिन मिश्रले ७ हजार २ सय ६१ मत प्राप्त गरी विजय हासिल गरे । उनका प्रतिस्पर्धी रमेश पौडेलले ४ हजार ६ सय १९ मत ल्याए ।

यस्तै महासचिवमा चुडामणि सापकोटाले ७ हजार ३० मत ल्याए भने उनका प्रतिस्पर्धी भरतमणि देवकोटाले ३ हजार २ सय ५६ मत ल्याए । त्यस्तै महासचिवका अर्का प्रतिस्पर्धी अर्जुन गौतमले १ हजार ८ सय १४ मत ल्याएका छन् ।

सचिवमा कल्याण खड्का विजयी भए । उनले ७ हजार १ सय ८० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५ सय २८ मत ल्याए । कोषाध्यषमा निजन चौलागाईंले ७ हजार ८७ मत ल्याए भने प्रतिस्पर्धी लुना शिवाकोटीले ४ हजार ४ सय ५६ मत प्राप्त गरिन् ।

निर्वाचन आयोग अनुसार क्वीन्सल्यान्ड संयोजकमा अतुल खड्कासहितको टिम निर्विरोध निर्वाचित भएको छ । यस्तै तास्मानियामा संयोजक सुजन वाग्लेसहितको टिम नै निर्विरोध भएको छ ।

यस्तै एनआरएन अस्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी विजयी भएकी छिन् भने एनआरएन अस्ट्रेलिया युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भए । नारी निकुञ्ज अस्ट्रेलियाको उपसंयोजकमा प्रतिभा शाह निर्विरोध भइन् ।

यस्तै न्यूसाउथवेल्समा उषा किरण बारिया पोखरेल राज्य संयोजक पदमा विजयी भइन् भने साउथ अस्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुङ विजयी भए । यस्तै वेष्टर्न अस्ट्रेलियामा हरिवंश सञ्जेल सुमन विजयी भए ।

उता अस्ट्रेलियन क्यापिटल टेरेटोरीमा ललित मल्ल संयोजक पदमा चुनिएका छन् भने भिक्टोरियामा महादेव धानुक संयोजक पदमा विजयी भएका छन् । नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा विजयी भए ।

एनआरएन अष्ट्रेलियाको यस पटकको निर्वाचनमा १६ हजारभन्दा बढी मतदाता भए पनि १३ हजार ७ सय १ भोट मात्रै खसेको थियो । कूल मतदाताको ८५ प्रतिशत भोट खसेको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले जानकारी दिए ।