३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दलको महाधिवेशन मंसिर २६ मै हुने अध्यक्ष गुरुङको घोषणा



अ+ अ-

जुम्ला। नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पार्टीको पाँचौं केन्द्रीय महाधिवेशन मंसिर २६ गते नै हुने स्पष्ट पारेका छन्। उनले महाधिवेशनको तयारीलाई केन्द्रीय कार्यसमितिले विशेष महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिए।

जुम्लामा सम्पन्न तरुण दलको पाँचौं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष गुरुङले झन्डै १० वर्षपछि हुन लागेको महाधिवेशन ऐतिहासिक हुने बताउँदै देशभरका युवा नेताहरूलाई जिम्मेवारीपूर्वक सक्रिय रहन आग्रह गरे।

‘लामो समयपछि जुम्लामा अधिवेशन हुन लागेको हो,’ उनले भने, ‘महाधिवेशनमा जुम्लालाई विशेष प्राथमिकतामा राख्ने मेरो व्यक्तिगत संकल्प छ।’ गुरुङले तरुण दललाई संगठनात्मक रूपमा बलियो बनाउने उद्देश्यले सबै तहमा सक्रियताको खाँचो रहेको धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, केन्द्रीय सदस्य कान्तिका सेजुवाल, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, नेता दलबहादुर शाही लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।