१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा मध्यराति धारिलो हतियारले युवकमाथि आक्रमण



अ+ अ-

सुर्खेत। वीरेन्द्रनगर बसपार्कमा शुक्रबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी एक युवकमाथि साङ्घातिक आक्रमण गरेका छन्। आक्रमणमा परी लेकबेशी नगरपालिका–६ निवासी २२ वर्षीय ललित परियार गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार राति ११:५५ बजेतिर दुई जनाको समूह स्कुटरमा आएर परियारमाथि आक्रमण गरी फरार भएका थिए। घटनापछि गम्भीर अवस्थामा रहेका परियारलाई उपचारका लागि तत्कालै नेपालगन्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले जानकारी दिए। हाल उनी नेपालगन्जस्थित स्वास्थ्य संस्थामा उपचाररत छन्।

घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पीडितले दिएको हुलिया र घटनाको विवरणका आधारमा अनुसन्धान अघि बढाइएको छ।

डीएसपी बुढ्थापाका अनुसार आक्रमणको कारण हालसम्म स्पष्ट भइसकेको छैन। तर, घटनाको गम्भीरताका कारण प्रहरी टोलीले अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। शङ्कास्पद व्यक्तिहरूको निगरानी र सम्भावित संलग्नहरूको पहिचानमा प्रहरीले सक्रियता बढाएको छ।