१२ श्रावण २०८३, मंगलवार
,
Latest
गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छः मन्त्री न्यौपाने



अ+ अ-

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थल भएकाले यस ठाउँको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने उल्लेख गर्नुभयो ।

धरमपानीमा जनताको साथमा सङ्गठन बनाउँदा धरमपानीले आफूलाई ठूलो गुण लगाएको स्मरण गर्दै न्यौपानेले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

मन्त्री नहुँदा धरमपानी आसपासको विकासका लागि रु २५ करोडभन्दा बढी बजेट विनियोजन भइसकेको उल्लेख गर्र्दै उहाँले बन्दीपुर धरमपानी सडकलाई गतवर्ष रु चार करोड र यसवर्ष त्यसभन्दा धेरै बजेट विनियोजन हुने बताउनुभयो ।

बन्दीपुर धरमपानी साराङघाटलाई कालोपत्र गरी बन्दीपुरको विकासमा टेवा पुग्ने काम गर्ने मन्त्री न्यौपानेको भनाइ थियो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्ष बलहादुर गुरुङ सहभागी हुनुहुन्थ्यो ।