१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको स्थापना दिवसमा बृहत् स्वास्थ्य शिविर, एक हजार ४६३  जनाले लिए लाभ



अ+ अ-

भक्तपुर। वीर अस्पतालको १३६औँ स्थापना दिवसका अवसरमा आज सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजित बृहत् निःशुल्क स्वास्थ शिविरमा एक हजार ४६३ जनाले लाभ लिएका छन् ।

अस्पतालका निर्देशक प्रा डा दीलिप शर्माको नेतृत्वमा गुण्डुस्थित हिमाल एकेडेमीमा आयोजित शिविरमा विभिन्न २६ रोगका ३५ जना विशेषज्ञ चिकित्सिक एवं स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

शिविरमा सामान्य चिकित्सा सेवा, पेटरोग, मुटुरोग, छाती एवं फोक्सो रोग, नशा रोग, मानसिक रोग, मधेमेह, थाराइड, कलेजो रोग, सामान्य शल्यक्रिया, नाक, कान, घाँटी, आँखा, छाला, दाँत, हाडजोर्नी, स्त्रीरोग, बालरोग, क्यान्सर रोग, मिर्गौला रोग, इसिजी, भिडियो एक्सरे, युरोलोजी, ज्येष्ठ नागरिक सेवालगायतका विभिन्न सेवा प्रदान गरिएको थियो । बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । रासस