२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्माचार्य सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुहुन्थ्योः अध्यक्ष दाहाल



काठमाडौँ, ९ साउन : अध्यक्ष दाहाल-मन्तव्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १२ औँ स्मृति दिवसको अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राष्ट्रिय नाचघरमा आयोजित सांस्कृतिक कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कमार्चार्यले जहिले पनि सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षपोषण गर्दै आएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य कर्माचार्यको जन्म शताब्दीका अवसरमा आज यहाँ आयोजित साङ्गीतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्माचार्य अत्यन्तै सरल, निष्ठावान, क्रान्तिकारी विचारप्रति अविचलित रुपमा अघि बढ्ने नेता रहनुभएको बताउनुभयो ।

कर्मचार्यको संरक्षकत्वमा आफूले झण्डै छ वर्ष बिताएको स्मरण गर्दै अध्यक्ष दाहालले कर्मचार्यकै उत्प्रेरणामा जनयुद्धको सुरुआत गरिएको बताउनुभयो । “कर्माचार्यले मलाई जनयुद्धको नेतृत्व गर्नुपर्छ भनेर उत्प्रेरित गरिरहनुहुन्थ्यो”, दाहालले भन्नुभयो, “जनयुद्धको तयारीबारेमा उहाँसँग मेरो बारम्बार सल्लाह हुन्थ्यो ।” कर्माचार्यबाट वैचारिक निष्ठा, क्रान्तिको निरन्तरता, इमान्दारिता, सरलताजस्ता गुण सदैव अनुशरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवं माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले श्रमिक, किसान र उत्पीडित वर्गको अधिकारका लागि कर्माचार्यले प्रारम्भिक सङ्घर्षको दिशा तय गरेको स्मरण गर्दै उहाँको नेतृत्व र दृष्टिकोणले नेपालमा समान्तवादविरुद्ध चेतनाको बीउ रोपेको बताउनुभयो ।

कार्यक्रममा जनवादी र प्रगतिशील सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका १३ जनालाई सम्मान गरिएको थियो । जनसङ्गीतका हस्तीहरु रायन, जीवन शर्मा, श्याम तमोट, शरद पौडेल, रामकृष्ण दुवाल, कुन्ता शर्मा, नरेन्द्र रेग्मी र हरिदेव ठाकुरलाई सम्मान प्रदान गरिएको थियो । यस्तै सहिद कृष्णसेन इच्छुक, चुन गुरुङ, हरि दर्शनधारी, खुशीराम पाख्रिन र जेबी टुहुरेलाई मरणोप्रान्त सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका संस्थापक नारायणकाजी श्रेष्ठलगायत कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा जीवन शर्मा, टेक बलम्पाकी, झङ्कार बुढामगरलगायत कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । रासस




भर्खरै