१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा



अ+ अ-

कञ्चनपुर। आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन ।

रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले रानाथारुको प्रमुख पर्व तीजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।

“बहुधार्मीक बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वहरुले सामाजिक  एकता तथा भातृत्वलाई कसिलो बनाउन छ,” उहाँले भन्नुभयो, “पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययी बनाउन आग्रह गर्दछु ।”

लालझाडी गाउँपालिकाले साउन ११ र १३ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाले रानाथारु समुदायका महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको बताउनुभयो । बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएको छ ।

रानाथारु समुदायका महिलाहरुले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरेका छन् । रानाथारु समुदायका जानकारहरुका अनुसार तीज आउनु अगावै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।

“अन्य समुदायले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाईको दीर्घायुका लागि तीजको व्रत बस्छन्”, रानाथारु समुदायका अगुवा प्रेमवती रानाले भन्नुभयो, “हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छ ।” उहाँका अनुसार रानाथारु समुदायका महिलाले माइतीघरमा व्रत बसेर तीज मनाउने प्रचलन छ ।

तीज रानाथारु समुदायको महान् पर्व हो । हिन्दू धर्मावलम्वीहरुले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन रहिआएको छ भने रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उहाँको भनाई छ ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको स्थानीय चेतराम रानाले बताउनुभयो । तीज आउनुपूर्व नै मनोरञ्जनका रुपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन छ ।

यो पर्वमा रानाथारु समुदायका दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन् । तीजमा महिला दिनभरि पानीसमेत नखाएर आफ्नो दाजुभाईको दीर्घायुका कामना गर्दै व्रत बस्ने गर्दछन् । रासस