एजेन्सी । रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् ।
रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा रहेको र सैन्य चिकित्सा संस्थाहरूमा उपचार र पुनस्र्थापनाको लागि रूस लगिने बताइएको छ ।
रूस र युक्रेनले मे १६ र जुन २ मा इस्तानबुलमा दुई चरणको प्रत्यक्ष वार्ता गरेका थिए । युक्रेनको युद्ध कैदीहरूको उपचार समन्वय मुख्यालयकाअनुसार १ हजार भन्दा बढी युक्रेनी सैनिकहरू इस्तानबुल सम्झौताहरूअनुसार घर फर्किएका छन् ।










