२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ चरणको वार्ताअन्तर्गत रूस-युक्रेनबीच एक हजार कैदी आदानप्रदान



अ+ अ-

एजेन्सी । रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् ।

रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा रहेको र सैन्य चिकित्सा संस्थाहरूमा उपचार र पुनस्र्थापनाको लागि रूस लगिने बताइएको छ ।

रूस र युक्रेनले मे १६ र जुन २ मा इस्तानबुलमा दुई चरणको प्रत्यक्ष वार्ता गरेका थिए । युक्रेनको युद्ध कैदीहरूको उपचार समन्वय मुख्यालयकाअनुसार १ हजार भन्दा बढी युक्रेनी सैनिकहरू इस्तानबुल सम्झौताहरूअनुसार घर फर्किएका छन् ।