२२ मंसिर २०८२, सोमबार
,
Latest
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए



अ+ अ-

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।