१ भाद्र २०८३, सोमबार
,
Latest
विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री गुरुङ चीन प्रस्थान गर्नुहुँदै



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्नुहुँदैछ ।

विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

यही साउन १० देखि  १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः३० बजे त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । उहाँका साथमा सूचना प्रविधि सल्लाहकार डा शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत हुनुहुन्छ ।

सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा पराजुलीको भनाइ छ । मन्त्री गुरुङ यही साउन १४ गते स्वदेश फर्कनुहुने तालिका छ । रासस