१ असार २०८३, सोमबार
,
Latest
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसहोमको नयाँ अफर : हरेक साता १४ जनालाई १ वर्ष निःशुल्क इन्टरनेट



अ+ अ-

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना “खुशीको बोनस ३६५ दिन नै बोनस!” सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिने डिशहोमले जनाएको छ ।

विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् । डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको हो ।

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि च्यानलमा गरिनेछ । शुक्रबार नभएमा आइतवार साँझ ५ बजे गरिने जनाएको छ ।

जडान वा रिचार्ज गर्ने तरिका:

नयाँ जडानका लागिः नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्नुहोस् ।
रिचार्जका लागिः खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्नुहोस् ।

उपलब्ध वार्षिक प्याकेजहरूः

१०० एमबिपिएस- प्रति वर्ष रू. ८,५००/- (भ्याट सहित)
२०० एमबिपिएस- प्रति वर्ष रू. ११,५००/- (भ्याट सहित)
३०० एमबिपिएस- प्रति वर्ष रू. १३,५५०/- (भ्याट सहित)
नयाँ जडान को लागी थप रु. ११३० /- (भ्याट सहित) लाग्नेछ ।

डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्‌दै आएको छ। “३६५ दिन बोनस ” योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउनेछ।