९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधारः उपप्रधानमन्त्री सिंह

राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधारः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

ललितपुर। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधार भएको बताउनुभएको छ ।

जननायक बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती विषयक विशेष संवादमा उपप्रधानमन्त्री सिंहले आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्नका लागि प्राप्त अधिकारलाई सुरक्षित गरेर जनतालाई अधिकार सम्पन्न बनाउन लेखाजोखा गरेर कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

“राजनीतिक स्थायित्व भएन भने विकास हुँदैन, अहिलेको प्रणालीअनुसार दुई वा तीन दल नमिली सरकार बनाउन सक्ने अवस्था छैन । कार्यगत एकताका आधारमा सबैलाई समेट्नुपर्छ भन्ने २०४६ सालमा गणेशमान सिंहले लिएको नीतिअनुसार अहिले गठबन्धन सरकार हुनुपरेको हो । पद्धतिअनुसार देशमा दलहरु चलेको खण्डमा राजनीतिक स्थायित्व आउँछ, आर्थिक नीति सबल हुँदै जान्छन्, अर्थतन्त्रमा सुधार आउँछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले प्रजातान्त्रिक समाजवादका प्रवर्तक बिपी कोइरालामा अत्यन्तै प्रभावशाली नेतृत्व रहेको उल्लेख गर्नुभयो । “बिपीको विचारधारा कांग्रेसले छोड्यो कि भन्ने आवाज उठिरहेको छ, प्रतिकूल अवस्थामा कसैसँग आफ्नो सिद्धान्तमा सम्झौता नगरेको पार्टी नेपाली कांग्रेसले आधारभूत कुरालाई कसैसँग सम्झौता गर्दैन, लोकतान्त्रिक मूल्यमान्यता र आदर्शमा बिपीले कसैसँग सम्झौता गर्नुभएन”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले २०४६ सालपछि नेपाली कांग्रेसले अवलम्बन गरेको नरम र उदार आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र राम्रो बनाउनका लागि निजी क्षेत्रको भूमिकालाई प्रोत्साहन गरेको बताउनुभयो ।

विसं २०४७ को नेपालको अवस्थाबाट अहिले नेपालको अर्थ व्यवस्थामा धेरै परिवर्तन भएको भन्दै यसका लागि नेपाली कांग्रेस जस्तो पुरानो र इतिहास बोकेको गौरवशाली राजनीतिक पार्टीले ठूलो योगदान गरेको प्रष्ट पार्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने गरी विकासका लागि हुने पुँजीगत खर्च वृद्धि हुनका लागि अवरोध गर्ने कानुनलाई यथाशीघ्र संशोधन र परिमार्जन गरेर समाधान गरिनुपर्छ भन्नेमा जोड दिनुभयो ।

कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँले बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईको अथक प्रयासले प्रजातन्त्र प्राप्त भएको भन्दै त्याग र योगदान गरेका विद्वत व्यक्ति, नेतृत्वहरुको विश्वासलाई कायम राख्न जनताको अपेक्षाअनुसार काम गर्न लोकतन्त्रवादीहरु एकजुट भएर कर्म गर्नुपर्नेमा जोड दिनुभयो ।

बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले गरिबी र पछौटेपनबाट नेपाललाई मुक्त गराउन आर्थिक क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै बिपी कोइरालाले भन्नुभएको जस्तो समाजप्रति उत्तरदायी लोकतान्त्रिक समाजवादलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिनुभयो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले नेपालको आर्थिक रुपन्तरणको सम्भावना र चुनौतीका बारेमा चर्चा गर्दै अहिलेको युवा पुस्ताले खोजेको रुपान्तरणका लागि काम गर्न गर्नुपर्ने कार्यहरूको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।