२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे



अ+ अ-

काठमाडौँ ।  नेकपा (एमाले)का सांसद ठाकुर गैरेले मानव बेचबिखन नियन्त्रणका लागि कानून निर्माण मात्रै पर्याप्त नहुने भन्दै कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद गैरेले समस्या समाधानको लागि गहिरो बहस र संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राख्नु भएको हो । उहाँले नागरिकहरु मानव बेचबिखनमा पर्नुको कारणहरु बेरोजगारी, अशिक्षा र गरिबी रहेको उल्लेख गर्दै यी समस्याहरुको सम्बोधन नगरिकन समस्या समाधान नहुने बताउनु भयो । सांसद गैरेले शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासका क्षेत्रमा विजय हासिल गर्न सामूहि प्रतिवद्धता आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो विधेयक पास गरेर कानूनको रुपमा लागु गरेपछि मानव बेचबिखन स्वतः नियन्त्रण हुने कुरा होइन । यसको कार्यान्वयनमा सरकार र सरकारी संयन्त्रणले  गम्भीर हुनुपर्ने हुन्छ । दोस्रो, मानव बेचबिखनकिन भइरहेका छन् ? भन्ने कुरामा बहस नगरिकन त्यसको समाधान गर्न सकिदैन । बेरोजगारी, अशिक्षा, गरिबीले मानिसलाई यस्ता कुरामा सहभागि हुन बाध्य पारिरहेको कुराहरुलाई नजरअन्दाज गर्न मिल्दैन । यसको लागि विकास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयहरुमा हामीले विजय हासिल गर्नुपर्दछ । यसप्रति हामीले सामूहिक प्रतिवद्धता नगरिकन केवल कानून बनाएर मात्र हामी सही ठाउँमा पुग्दैनौंतर्फ हामी सचेत हुनुपर्छ ।’

उहाँले मानव बेचबिखनमा परेका नागरिकहरुको सामजमा पुनःस्थापना, राहत र उद्धार लगायतका व्यवस्था समावेश गरेर विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताउनु भयो ।