२२ भाद्र २०८३, सोमबार
,
Latest
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले मानव तस्करी नयाँ रूप र प्रविधिबाट सञ्चालित हुने गरेको उल्लेख गर्दै सोही आधारमा विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताउनु भयो । सीमापार तथा प्रलोभनका भरमा तथा अनावश्यक आशा देखाएर मानव बेचबिखन बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रविधिको दुरुपयोग गरेर आज मानव बेचबिखनलाई सहज बनाउने कुचेष्टा भइरहेको छ । यसलाई नियन्त्रण कसरी गर्ने मुख्य चुनौती हो । अहिले मुख्यतः दुई किसिमले मानव बेचबिखन भइरहेको छ । एउटा अवैध तरिकाले सीमापार तथा प्रलोभनमा पारेर तथा अनावश्यक आशाहरु देखाएर विदेशमा पठाउने गरिएको छ । भिजिट भिसा प्रकरण यसकै उदाहरण हो । अहिले रोजगारीको लागि खाडी मुलुकमा पुगेका महिलाहरु अहिले ठुलो प्रताडना खेपिरहनु भएको छ । यी सबै समस्याको निराकरण गर्ने गरी यो विधेयक ल्याउनुपर्छ । अहिले नेपाली नागरिकहरु पाइला पाइलामा बेचिएका छन् । यस्तो अवस्थालाई सुधार गर्नको लागि हाम्रो कानूनलाई बलियो बनाउन जरुरी छ ।’

उहाँले सरकारले मानवीय सुरक्षा र गरिमाका लागि प्रभावकारी कानून निर्माण गरेर प्रविधियुक्त मानव तस्करी नियन्त्रण गर्न ढिलाइ गर्न नहुने बताउनु भयो ।