२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

पाँच दशक पुरानो सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुने, डिपिआर तयार

पाँच दशक पुरानो सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुने, डिपिआर तयार
अ अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ ।

गुह्वेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ । आयल निगमले २०८४ मंसिरभित्र डिपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका लागि बिहीवार विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । नेपाल आयाल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज हस्तान्तरण गरेको छ । भदौमा टेण्डर गर्ने तयारी रहेको छ ।

गत मंसिरमा आयल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग डिपिआर निर्माणका लागि सम्झौता भएको थियो । सोहीअनुसार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज आयल निगम सिनामंगललाई डिपिआर बुझाएको हो । डिपिआर हस्तान्तरण कार्यक्रममा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादवले अहिले भएका डिपोहरु पुराना मोडलको रहेको बताउँदै अब बन्ने प्रोजेक्ट अत्याधुनिक प्रविधिको बन्ने बताउनु भयो । उहाँकाअनुसार सरकारी इन्जिनियरहरुबाट पहिलो पटक ६ अर्ब ५४ करोडको प्रोजेक्टको डिपिआर निर्धारित समय भित्रै बुझाउने काम भएको छ । यसले आगामी दिनमा परियोजनालाई अघि बढाउन सघाउ पुग्नेछ । पहिला पनि आयल निगमले पुल्चोक इन्जिनियरिङको सहयोगमा पोखरामा एयर डिपो बनाएको बताउनु भयो । उहाँले जहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई डिपिआरमा गुहार्ने तर उनीहरुले समयमै काम नगरिदिँदा आयोजनाहरुमा ढिलाइ हुने गरेको बताउनु भयो । उहाँले डिपिआर निर्माणको काम नेपालीहरुले राम्रोसँग गर्नसक्ने बताउनु भयो ।

कार्यालय प्रमुख यादवले भन्नुभयो–‘विगतमा नागरिक उड्यन प्राधिकरणले जुन डिपिआर बनाउन एडीबीलाई गुहारेर जर्मनको हन्सा कन्सल्टलाई बोलाएर ५० औं करोड खर्च गरे त्यो डिपिआर पुल्चोक इन्जिनियरिङ क्याम्पसले १ करोड ९८ लाखमा समयमै बनाएर दिएको छ । हाम्रा नेपाली इन्जिनियरहरुले बनाएका छन् । जुन सेक्टरमा हामी अघि बढ्दैछौं । त्यो क्षेत्रमा हाम्रा नेपाली व्यवसायी, नेपाली इन्जिनियरलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।’

कार्यक्रममा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा. सुरज लामिछानेले निगमसँगको सम्झौताअनुसार नै संस्थानले समयमै काम सकेर डिपिआर बुझाएको बताउनु भयो ।

सहप्रध्यापक लामिछाने भन्नुभयो–‘इन्जिनियरिङ कलेजका सम्पूर्ण प्राविधिकहरुको सहयोगमा समयमै काम सम्पन्न गरेर आयल निगमलाई डिपिआर बुझाउन सफल भएका छौं । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद । आयल निगमले जुन प्रकारको इनर्जि देखायो त्यसले आगामी दिनमा नेपालका इन्जिनियरहरुलाई समेत अघि बढ्न ठूलो सहयोग मिल्नेछ ।’ 

त्रिभूवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको भन्दै आलोचित हुनुपरिरहेको छ । हालको स्थानमा रहेको डिपोका कारण स्थानीय बासिन्दासमेत जोखिममा छन् । विमानस्थलको ट्याक्सी वे समेत डिपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन । आयल निगमकाअनुसार डिपिआर तयार भएसँगै आवश्यक प्रक्रिया तत्कालै अघि बढाइनेछ ।