१ भाद्र २०८३, सोमबार
,
Latest
सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति विद्युतमा भ्याट लगाएर सरकारले जनतालाई सास्ती दिएको सीके राउतको आरोप विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगिन्दरको गाईजात्रा प्रस्तुति ‘मिसन नौटंकी’ (भिडिओसहित)



अ+ अ-

काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले यस वर्षको गाईजात्रा विशेष हास्यव्यंग्य प्रस्तुति ल्याएका छन् । उनले नेताहरूलाई व्यंग्य गर्दै गाईजात्रा कमेडी कोसेली ‘मिसन नौटंकी’ सार्वजनिक गरेका हुन् ।

रिजालले देशमा जुनसुकै दलको नेताहरूले भन्ने गरेको ‘मिसन चौरासी’ को विषयलाई समेत व्यंग्य गरेका छन् । सबैको चासो र चिन्ताको विषय भ्रष्टाचार र नेताहरूको गलत क्रियाकलाप भएको विषय उनले उठाएका हुन् ।

शिवशंकरले नेताहरूको क्रियाकलाप र समाजका विकृति विसंगतिमाथि व्यंग्य गर्दै दर्शक तथा स्रोतालाई मनोरञ्जन दिने उद्देश्यले ’मिसन नौटंकी’ सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेटेका छन् । उनले हिट फिल्म ‘जाजै जात्रा’ को गीत ‘लाइदेऊ माया पिरिम’ मा प्यारोडी बनाएका छन् ।

२०६१ सालदेखि नियमित गाईजात्रा कोसेली ल्याउँदै आएका उनको ’मिसन नौटंकी’ २२ औं कोसेली हो । गतवर्ष उनले ’लुछाचुडी’ ल्याएका थिए ।

‘मिसन नौटंकी’ मा शिवशंकरसहित राधिका हमाल, प्रेम शर्मा पौडेल, साबित्रा लामिछाने ’सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना बिक, भिम परिया, र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । ‘मिसन नौटंकी’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैले गरेका हुन् ।




भर्खरै