१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी



अ+ अ-

काठमाडौँ। राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा किसान घोषणापत्र २०८२’ जारी गरेको छ ।

यही साउन ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा सञ्चालन गरिएको ‘प्रथम राष्ट्रिय युवा किसान मञ्चः युवा किसान क्याम्प’ले आज सो घोषणापत्र जारी गरेको हो ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा कृषि पेसालाई व्यवसायीकरण, वैज्ञानिकीकरण, सहकारीकरण र औद्योगिकीकरणमार्फत कृषि क्षेत्रको समग्र विकास, किसानको हकहित र अधिकारीको सुनिश्चिततालगायत विषय समेटिएको छ ।

घोषणापत्रमा किसानको शोषण गर्ने नवउदारवादी नीति, किसानविरुद्धका बहुराष्ट्रिय नियमहरु र कृषि क्षेत्रमा भएको वैदेशिक हस्तक्षेपको विरोध, किसानको एकता र अग्रगमनका पक्षमा दृढ प्रतिबद्धतालगायत विषय पनि समेटिएका पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कीर्तिपुरमा सम्पन्न उक्त क्याम्पमा सातवटै प्रदेशका युवा किसानको सहभागिता थियो ।