९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा

मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा
अ अ+ अ-

मुस्ताङ।  स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला  मुस्ताङमा मङ्गलबार २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका बिरुवा भित्रिएका छन् ।

निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म एग्रो मनाङले इटालीबाट आयात गरिएका उक्त हाइब्रिड स्याउका बिरुवा यहाँ भित्र्याएको हो ।

मनाङ एग्रो कम्पनीलाई ८० प्रतिशत अग्रिम भुक्तानी बुझाएर यहाँका स्थानीय स्याउ किसानले बिरुवा माग गरेका थिए । सोहीअनुसार यहाँ २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा बिक्री गरिएको एग्रो मनाङका व्यवस्थापक नेपालमान महर्जनले जानकारी दिनुभयो ।

यहाँ प्रति स्याउका बिरुवा रु एक हजार ५० पचासमा बिक्री वितरण गरिएको व्यवस्थापक महर्जनको भनाइ छ । एग्रो मनाङ कम्पनीले जोमसोममा हाइब्रिड स्याउका बिरुवा वितरण गरेको व्यवस्थापक महर्जनले उल्लेख गर्नुभयो ।

विगतका वर्षमा मुस्ताङका किसानले सङ्घीय अनुदानअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यान्वयन एकाइ स्याउ जोनमार्फत ५० प्रतिशत अनुदान र गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत ७५ प्रतिशत अनुदानमा हाइब्रिड स्याउका बिरुवा खरिद गर्ने गरिएकामा पछिल्लो समय उक्त अनुदानका कार्यक्रम रोकिएको चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले बताउनुभयो ।

“यसअघि स्याउका बिरुवामा अनुदान पाउँदा प्रति बिरुवा रु दुई सय ७५ र रु पाँच सय ७५ मात्रै पथ्र्यो, अहिले अनुदान नपाउँदा प्रति बिरुवा रु एक हजार एक सय ५० मूल्य परेको छ”, सञ्चालक गुरुङले भन्नुभयो । यहाँ स्याउका बिरुवामा दिइने अनुदानका कार्यक्रम रोकिँदा मुस्ताङका किसानले ठूलो आर्थिक भार व्यहोर्नु परेको सञ्चालक गुरुङको दुःखेसो छ ।

पछिल्लो समय यहाँका किसान स्थानीय जातको स्याउखेतीलाई थाँती राखेर नयाँ प्रविधिको उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीलाई पछ््याउन थालेका छन् ।

सुरुवाती चरणमा मनाङ एग्रोले उच्चघनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरेपछि मुस्ताङमा यसको परीक्षण गरिएको थियो । चिम्ले अचार्डका सञ्चालक गुरुङले यहाँ पाँच वर्षअघि गरिएको हाइब्रिड स्याउको परीक्षण सफल भएकाले मुस्ताङका किसानको आर्कषण बढेको बताउनुभयो ।

पछिल्लो समय मुस्ताङमा कालीगण्डकी बगर र सार्वजनिक खाली जग्गामा उच्च घनत्वमा आधारित स्याउखेती गर्ने होडबाजी नै चलेको छ । बिरुवा लगाएको पहिलो–दोस्रो वर्र्षमा हाइब्रिड स्याउका बिरुवाले छिटोछरितो रूपमा गुणस्तरीय स्याउ उत्पादन गर्ने सामथ्र्यता राख्ने भएकाले यहाँका किसानको आर्कषण हाइब्रिड स्याउखेतीतर्फ बढेको हो ।

स्थानीय जातका स्याउका बोटले फल उत्पादन गर्न १५ देखि २० वर्षसम्म समय लाग्ने तर, हाइब्रिड स्याउले बिरुवा लगाएको दोस्रो वर्षमा फल दिन सुरू गर्ने भएकाले यहाँका किसानले हाइब्रिड स्याउलाई प्राथमिकतामा राखेका हुन् ।

थोरै क्षेत्रफलमा धेरै मात्रामा हाइब्रिड बिरुवा रोपण गर्न मिल्ने र एउटै बिरुवाले बर्सेनि ३० किलोसम्म स्याउ उत्पादन गर्ने भएकाले किसानले छिटोछरितो आर्थिक लाभ लिन सकिने थासाङ–१ टुकुचेका किसान नीरज तुलाचनको भनाइ छ । हाइब्रिड स्याउखेतीका लागि उपयुक्त सुहाउँदो हावापानी भएकाले यहाँका किसानले यसप्रकारका बिरुवा माग गर्ने क्रम बढेको किसान तुलाचनको भनाइ छ ।

यहाँ उत्पादन हुने उच्च घनत्वको हाइब्रिड स्याउको गुणस्तर, मूल्य र बजारिकणमा कुनै समस्या नहुने भएकाले परम्परागत स्याउखेती थाँती राखेर नयाँ प्रविधिको स्याउखेतीलाई स्थान दिने गरिएको छ । यहाँ हाइब्रिड स्याउका बिरुवा एक रोपनी क्षेत्रफलमा दुई सय भन्दा बढी बिरुवा रोपण गर्न सकिने किसानको भनाइ छ ।रासस