१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामति विधेयकको कुलिङ पिरियडबारे राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुले राख्नुभएको संशोधनले गम्भीर बनाएको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभामा सांसदको आफ्नो अधिकार हुने कुरालाई नकार्न नसकिने भएपनि दलको प्रमुख सचेतकले नै कुलिङ पिरियड हटाउने भनेर संशोधन प्रश्ताव दर्ता गर्नुले गम्भीर बनाएको बताउनु भयो । प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति भएकाले यसबारे स्पष्ट पार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निजामति विधेयकबारे राष्ट्रिय सभामा नेकपा एमालेको प्रमुख सचेतक सहितले जसरी संशोधन राख्नुभएको छ । त्यसले हामी सबैलाई गम्भीर बनाएको छ । राष्ट्रिय सभामा आफ्नो राइटको कुरा छ । राष्ट्रिय सभाका सांसदहरुको अधिकारको कुरालाई सम्मान गर्नुपर्छ । प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति हो । के हो भन्नेकुरा यही हो भनेर त भन्न सकिँदैन ।’

प्रमुख सचेतक पाण्डेले भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकमा पास गर्नेकुरा माओवादीले स्वीकार नगर्ने बताउनु भयो ।