९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

आईओईका महासचिव सान्तोस नेपाल आउँदै

आईओईका महासचिव सान्तोस नेपाल आउँदै
अ अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन आइओइका महासचिव रोबर्टो सुवारेज सान्तोस तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको छ ।

विश्वभरका रोजगारदाताहरुको अन्तराष्ट्रिय संस्था आइओइका महासचिव सम्भवतः पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ ।

यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलन ९क्ष्लतभचलबतष्यलब िीबदयगच ऋयलाभचभलअभ० मा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।

१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।

नेपालमा रहँदा सान्तोसले महासंघ अध्यक्ष लगायत पदाधिकारीसंग छलफल गर्नु हुनेछ । यसैगरि नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसंग पनि सान्तोसको भेटघाटको कार्यक्रम तय भएको छ ।

अध्यक्ष ढकालका अनुसार यस भ्रमणले महासंघ र आइओइबीचको सम्बन्ध थप सुदृढ हुनाको साथै नीतिगत सहकार्य सुदृढ हुने महासंघले विश्वास लिएको छ ।

छलफलका क्रममा नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव र निजी क्षेत्रको प्रतिस्पर्धात्मकत्मक क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने महासंघका अध्यक्ष ढकालले बताउनु भयो ।