७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा

लौटैया ताल पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै

लौटैया ताल पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै
अ+ अ-

घोडाघोडी । कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या(पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो ।

घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले बताउनुभयो । “तत्कालीन समयमा अतिक्रमण हटाउन त्यति सहज थिएन । अतिक्रमण हटाएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेको याद ताजै छ”, उहाँले भन्नुभयो ।

खड्काले सुकुम्बासीलाई किन हटाएको भन्दै घरमा आएर आफूमाथि कुटपिट भएको स्मरण गर्नुभयो । उहाँ यस सामुदायिक वनको स्थापना ९२०५६० देखि अध्यक्षका रूपमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “सुरुआतमा म अध्यक्ष भएँ । बीचमा अरू पनि आए तर गाँउलेले फेरि मलाई अध्यक्ष बनाउनुभयो ।” वन संरक्षणप्रतिको निरन्तर पहलका कारण तीन दशकदेखि वनमा कार्यरत रहेको खड्काले जानकारी दिनुभयो । अतिक्रमण, छाडा चरिचरण र बर्सेनि वन डढेलोका वारिपारि गाउँ देखिने वन अहिले घना हरियालीमा परिणत भएको उहाँको भनाइ छ ।

अहिले यो वनमा भारतको दुधुवा हुँदै आउने पाटबाघले डमरुहरू हुर्काउने गरेका अध्यक्ष खड्काले जानकारी दिनुभयो । अहिले वनमा चित्तल, बँदेल, गोहोरो, अजिङ्गरलगायत विभिन्न चराचुरुङ्गीको सुरक्षित बासस्थान छ हुनुका साथै लौटैया तालमा यी वन्यजन्तु पानी पिउन आउने गरेका उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार समूहले वनका खाली ठाउँमा बर्सेनि वृक्षारोपण गर्दै आएका छन् । वनमा बाँस, कुरिलो, सर्पगन्धालगायतका गैरकाष्ठ प्रजातिको रोपण गरिएको जनाउँदै उहाँले संरक्षणप्रतिको गहिरो लगाव र निरन्तरताको पहलका कारण सन् २००३ मा आफूलाई ‘अब्राहम कन्जरभेसन अवार्ड’पनि प्राप्त भएको बताउनुभयो । उक्त सम्मानले आफूलाई वन संरक्षणमा थप उत्साहित बनाएको उहाँले धारणा राख्नुभयो ।

खाली गरिएको उक्त क्षेत्रमा सानो ड्याम बनाएर प्राकृतिक रूपमा पानी जम्मा गर्नेगरी ताल बनाइएको खड्काले जानकारी दिनुभयो । “पहिले यहाँ माछापालनमा मात्रै प्रयोग हुन्थ्यो । तर हामीले ताललाई जगेर्ना गर्ने र पर्यटनसँग जोड्ने सोच बनाएर योजनाबद्ध विकास गरेका छौँ”, उहाँले भन्नुभयो ।

योजनाबद्ध विकाससँगै पर्यटन प्रवर्द्धनमा केन्द्रित भएपछि आज लौटैया ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार तालको किनारैकिनार तारबार गरिएको छ । अहिले तालमा तीनवटा डुङ्गा ९बोट० सञ्चालित छन् । यो ताल विद्यार्थी, स्थानीय बासिन्दा, वृद्धवृद्धा सबैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।

विद्यार्थीका लागि रु १५ मा डुङ्गा चढ्न पाउने व्यवस्था गरिएको जनाउँदै पार्क निर्माण समितिका अध्यक्ष अर्जुन सोबले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सुविधा दिने गरिएको बताउनुभयो । उहाँका अनुसार अन्य व्यक्तिलाई रु ३० शुल्क तोकिएको छ । सोबले भन्नुभयो, “दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आउँछन् । सबैले पालो पाउँदैनन्, कहिलेकाहीँ डुङ्गा चढ्न नपाएर फर्किनेहरू पनि हुन्छन् ।” डुङ्गा सञ्चालन पछि दैनिक रु तीन हजारसम्म आम्दानी भइरहेको जनाउँदै उहाँले डुङ्गा सयर गर्न बढी विद्यर्थी आउने गरेका बताउनुभयो ।

सामुदायिक वनको आम्दानी बढेसँगै स्थानीयलाई रोगजारीको अवसर पनि सृजना भएका वनका अध्यक्ष खड्काले बताउनुभयो । “वनभित्र फोटो खिच्नका लागि फोटोग्राफरलाई महिनाको रु दुई हजार १०० लिनेगरी व्यवस्था गरिएको छ । नगरपालिका र वडामा दर्ता गरी फोटोग्राफरले फोटो खिच्न पाउने निर्णय गरिएको छ, जसका कारण स्थानीय युवाले रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो ।

तालको नजिकै बन्न थालेको थारू सङ्ग्र्रहालयले लौटैया तालको महत्व बढाएको छ । सङ्घीय सरकारले रु ९० लाख र प्रदेश सरकारले रु १० लाख बजेटमार्फत सङ्ग्रहालयको संरचना निर्माण गरेको भजनी नगरपालिका–२ का वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयमार्फत पनि केही रकम सहयोग गरेका छौँ । डुङ्गा सयरको सुविधासहित पार्क सञ्चालनमा आइसकेको छ । सङ्ग्रहालयको घर बन्न बाँकी छ ।”

पर्या–पर्यटनसँगै थारू कला, संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको भजनी(२ का वडाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार हाल सङ्ग्रहालयको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । “भवन बन्दै छ, तर भित्र राखिने परम्परागत सामग्री, थारू जीवनशैली झल्काउने पुराना औजार र लुगाकपडा अझै सङ्कलन हुन बाँकी छ”, वडाध्यक्ष पुनले भन्नुभयो, “सङ्ग्रहालय बनेपछि लौटैया ताल आउनेहरूले डुङ्गा सयरका साथै थारू संस्कृति पनि नजिकबाट देख्न पाउनेछन् । यसले पर्यटकको चहलपहल झन् बढाउने छ ।”

वनका अध्यक्ष खड्काले अहिले ताल छ बिघा क्षेत्रमा फैलिएको जनाउँदै सामुदायिक वन समितिले यसलाई २० बिघासम्म विस्तार गर्ने योजना अघि सारेको बताउनुभयो । कैलालीको यो सानो ताल आजभोलि सामुदायिक वनहरूमा पर्या(पर्यटनको सफल उदाहरण बन्दै गएको छ ।

यहाँ वनभोज खानआउनेहरूका लागि रु आठ सयमा भाडा, दाउँरा, पानीलगायत सामग्रीको व्यवस्था सामुदायिक वनले गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष पुनले यसबाट वनको आम्दानी बढ्नाका साथै स्थानीयलाई रोजगारी सृजना भइरहेको बताउनुभयो ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खड्काले भन्नुभयो, “हामीले भर्खरै डुङ्गा सञ्चालन गरेका छौँ । यसलाई कम मूल्यमा सुविधा लिन पाउने व्यवस्था गरेका छौँ र आम्दानी पनि भइरहेको छ । त्यसैबाट वनको संरक्षणका साथसाथै फोहरमैला व्यवस्थापन र पर्या–पर्यटनका थप पूर्वाधार निर्माणमा लगानी गर्नेछौँ ।” वनमा पर्या(पर्यटनका क्षेत्रमा पूर्वाधार विस्तार गर्न थालिएको बताउँदै उहाँले सुरुआतमै आन्तरिक पर्यटकको रोजाइमा परेकाले आगामी दिनमा विस्तृत योजना बनाएर कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।

वन ऐन र नियमावलीमा सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन गर्न सकिने प्रावधान रहेको जनाउँदै उहाँले सरकारले ‘सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन कार्यविधि’ समेत जारी गरेकाले सोहीअनुसार आगामी योजना निर्माण गरिने उल्लेख गर्नुभयो । रासस