२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल



अ+ अ-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताउनु भयो । उहाँले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले पनि जनतामा निराशा रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने त्यसमा बहस गरौँ हामी । अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन । कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरु पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’

अध्यक्ष नेपालले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न जागरण अभियानको जरुरी रहेको बताउनु भयो ।