८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ

‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
अ+ अ-

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’मा पारी रु १४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौमूले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बस्दै आएकी २१ वर्षीय सिन्दु चन्द रहेकी छन् । उनले विसं २०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेत बुद्धपथस्थित बुलबुले भ्यू होटलमा बोलाई एकापसको चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिइन् ।

उक्त सम्बन्धलाई आर्थिक लाभ लिने मनसायले जबर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु र सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो फोटो राखिदिन्छु भनी डरत्रास देखाई बेइमानीपूर्वक जटिल परिस्थिति खडा गरी कोइरालाबाट पटकपटक गरी रु १४ लाख २५ हजार असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडितसँग रकम असुली गरेको भन्ने प्रमाणसहित प्राप्त जाहेरीपश्चात् मङ्गलबार प्रहरी टोलीले उक्त कसुरमा संलग्न ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी अभियुक्त चन्दलाई आर्थिक लाभ ९एक्सटर्सन० लिएको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।