८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन मिल्दैनः शंकर पोखरेल

राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन मिल्दैनः शंकर पोखरेल
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति र सभामुखबीचको अन्तरलाई बुझ्न सक्नुपर्ने बताउनुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय राजनीति गर्नका लागि केन्द्रिय कमिटीको बैठकले रोकेसँगै सञ्चारकर्मीहरुसँग बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आययोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बतउनुभएको हो । उहाँले सभामुख सक्रिय राजनीतिमा फर्किन मिल्ने तर राष्ट्रपति किन नमिल्ने भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले संविधानले सभामुख संसदको सदस्य नै रहनुपर्ने व्यवस्था गरेको तर राष्ट्रपतिले सबै आवद्धता त्याग गर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । सभामुख आफैँमा राजनीतिक जिम्मेवारी भएको बताउनु भयो । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेको थियो । राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेको निष्कर्ष छ ।

महासचिव पोखरेलले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपति र सभामुखका बीचको अन्तरलाई हामीले बुझ्नुपर्दछ । सम्माननीय राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सम्पूर्ण प्रकारका राजनीतिक भुमिकाबाट अलग हुने व्यवस्था संविधानले गरेको छ । कुनै प्रकारको राजनीतिक नियुक्तिमा छ भने उसले राजीनामा दिएर जानुपर्छ । सभामुखको हकमा भन्ने हो भने सभामुख आफैँमा राजनीतिक जिम्मेवारी हो । सांसदको सदस्य रहेन भने उ सभामुखबाट अलग हुन्छ । दुवैले दलीय भुमिका परित्याग गरेको हुनाले एउटै हो भन्ने छ । तर त्यो होइन । संविधानले सभामुखका हकमा प्रतिनिधि सभाको सदस्य कायम रहने कुरा गर्दछ । राष्ट्रपतिका हकमा उ निर्वाचित भयो भने प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिनुपर्छ ।’

महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरुको साझा अभिभावक भएको बताउनु भयो ।