५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकः तराई मधेसमा खानेपानी समस्या तत्काल सम्बोधन गर्न माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले तराई मधेसमा लामो समयदेखि बर्सात नहुँदा सुक्खा र खडेरी भई जनता पीडित भएको जनाउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरुले तराई मधेसमा खानेपानी र सिँचाइको उचित व्यवस्थाका लागि तत्कालीन र दीर्घकालीन रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।

बैठकमा सांसद अब्दुल खाँनले संयुक्त राज्य अमेरिकाको लुसियाना राज्यमा १३ जुलाई २०२५ मा बर्सातका कारण निधन भएका नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको शव हालसम्म पनि स्वेदश ल्याउन नसकिएको अवगत गराउँदै तत्काल शव नेपाल ल्याउनका लागि पहल गर्नका लागि सरकरको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले तराई मधेसमा लामो समय वर्षात नभएका कारण सुख्खा खडेरी भएकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी खानेपानी र सिँचाइको प्रबन्ध गर्न सङ्घीय सरकारसँग माग गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले बागलुङ र पर्वतमा केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको क्षतिप्रति जानकारी गराउँदै तत्काल उद्धार, राहत र पुनःस्थापनाको माग गर्नुभयो । सांसद चित्रबहादुर केसीले बागलुङमा गत असार २५ गते आएको बाढीले ठूलो भौतिक क्षति भएको जानकारी गराउँदै पीडित जनताका आवाज सम्बोधनका लागि युद्धस्तरमा काम गर्न माग गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले देशैभरि ठूलो वर्षा हुने अनुमान गरे पनि देशभरि सुक्खा खडेरी भएको बताउँदै पूर्वानुमान झुटो सावित भएको बताउँदै यसले नागरिकमा सरकारप्रति विश्वास नहुने बताउनुभयो । उहाँले आगामी दिनमा सही सूचनाको आधारमा मात्र मौसम पूर्वानुमान गर्न जल तथा मौसम विज्ञान विभागलाई आग्रह गर्नुभयो ।

सांसद छिरिङ ल्यामु लामा ‘तामाङ’ले तराई मधेसमा वर्षा नहुँदा सुक्खा क्षेत्र भएपछि खानेपानीको हाहाकार भएको बताउँदै दीर्घकालिन समाधानका लागि सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा टिपर खस्दा तीन जना बेपत्ता भएको अवगत गराउँदै खोजी कार्यलाई तीव्र रुपमा अघि बढाउन र बेपत्ता भएकाको खोजीको माग गर्नुभयो ।

सांसद देवप्रसाद तिमलसेनाले तराई मधेसमा पानीको हाहाकार भएपछि सरकारले सुक्खा क्षेत्र घोषणा गरेको बताउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । साथै उहाँले रौतहटमा हात्तिको आक्रमणबाट स्थानीय पीडित भएको बताउँदै समाधानका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद माधव सापकोटाले सदनमा मन्त्रीहरुका अनियमितताका घट्ना पुष्टि भएपछि राजीनामा माग्दा पनि सुनुवाइ नभएको बताउँदै रसुवामा आएको बाढीपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन पहल गरेकामा धन्यवाद दिनुभयो । साथै उहाँले केरुङमा चीन सिमानामा अलपत्र परेका नेपालका मालवाहक गाडी यसै सिजनमा नेपाल ल्याउन पहल गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दामोदर पौडेल वैरागीले यही साउन ३ गतेको कास्कीमा बाढीबाट भएको क्षतिको जानकारी गराउँदै स्थानीयस्तरमा उद्धार र राहतका सामग्री बढाउन माग गर्नुभयो । सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालले नेपाली लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।