२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

प्रतिनिधिसभा बैठकः तराई मधेसमा खानेपानी समस्या तत्काल सम्बोधन गर्न माग

प्रतिनिधिसभा बैठकः तराई मधेसमा खानेपानी समस्या तत्काल सम्बोधन गर्न माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले तराई मधेसमा लामो समयदेखि बर्सात नहुँदा सुक्खा र खडेरी भई जनता पीडित भएको जनाउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरुले तराई मधेसमा खानेपानी र सिँचाइको उचित व्यवस्थाका लागि तत्कालीन र दीर्घकालीन रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।

बैठकमा सांसद अब्दुल खाँनले संयुक्त राज्य अमेरिकाको लुसियाना राज्यमा १३ जुलाई २०२५ मा बर्सातका कारण निधन भएका नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको शव हालसम्म पनि स्वेदश ल्याउन नसकिएको अवगत गराउँदै तत्काल शव नेपाल ल्याउनका लागि पहल गर्नका लागि सरकरको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले तराई मधेसमा लामो समय वर्षात नभएका कारण सुख्खा खडेरी भएकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी खानेपानी र सिँचाइको प्रबन्ध गर्न सङ्घीय सरकारसँग माग गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले बागलुङ र पर्वतमा केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको क्षतिप्रति जानकारी गराउँदै तत्काल उद्धार, राहत र पुनःस्थापनाको माग गर्नुभयो । सांसद चित्रबहादुर केसीले बागलुङमा गत असार २५ गते आएको बाढीले ठूलो भौतिक क्षति भएको जानकारी गराउँदै पीडित जनताका आवाज सम्बोधनका लागि युद्धस्तरमा काम गर्न माग गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले देशैभरि ठूलो वर्षा हुने अनुमान गरे पनि देशभरि सुक्खा खडेरी भएको बताउँदै पूर्वानुमान झुटो सावित भएको बताउँदै यसले नागरिकमा सरकारप्रति विश्वास नहुने बताउनुभयो । उहाँले आगामी दिनमा सही सूचनाको आधारमा मात्र मौसम पूर्वानुमान गर्न जल तथा मौसम विज्ञान विभागलाई आग्रह गर्नुभयो ।

सांसद छिरिङ ल्यामु लामा ‘तामाङ’ले तराई मधेसमा वर्षा नहुँदा सुक्खा क्षेत्र भएपछि खानेपानीको हाहाकार भएको बताउँदै दीर्घकालिन समाधानका लागि सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा टिपर खस्दा तीन जना बेपत्ता भएको अवगत गराउँदै खोजी कार्यलाई तीव्र रुपमा अघि बढाउन र बेपत्ता भएकाको खोजीको माग गर्नुभयो ।

सांसद देवप्रसाद तिमलसेनाले तराई मधेसमा पानीको हाहाकार भएपछि सरकारले सुक्खा क्षेत्र घोषणा गरेको बताउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । साथै उहाँले रौतहटमा हात्तिको आक्रमणबाट स्थानीय पीडित भएको बताउँदै समाधानका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद माधव सापकोटाले सदनमा मन्त्रीहरुका अनियमितताका घट्ना पुष्टि भएपछि राजीनामा माग्दा पनि सुनुवाइ नभएको बताउँदै रसुवामा आएको बाढीपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन पहल गरेकामा धन्यवाद दिनुभयो । साथै उहाँले केरुङमा चीन सिमानामा अलपत्र परेका नेपालका मालवाहक गाडी यसै सिजनमा नेपाल ल्याउन पहल गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दामोदर पौडेल वैरागीले यही साउन ३ गतेको कास्कीमा बाढीबाट भएको क्षतिको जानकारी गराउँदै स्थानीयस्तरमा उद्धार र राहतका सामग्री बढाउन माग गर्नुभयो । सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालले नेपाली लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।