२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, पर्यटन लगायतका विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा उल्लेखनीय रोजगारीको सम्भावना रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुनः संरचना गर्ने र यसलाई अझ सिपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वेदशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पूँजी र सिपलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नु रहेको छ । सरकारले वि. स. २०८२ देखि २०९२ सम्मलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको हो । एक हिसाबले यो उत्पादनशीलता दशक पनि हो । नेपालका विकास प्रमुख क्षेत्रहरु उद्योग, पर्यटन लगायतका क्षेत्रमा निजी तथा सरकारीस्तरबाट ठुलो लगानी भइरहेकोले  ति क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई  राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुर्नसंरचना गर्ने र यसलाई अझ सीपमुलक र रोजगारमुलक बनाउने नीति सरकारले लिएको छ ।’

अगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ ।