२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीलक्षित सांसद खतिवडाको टिप्पणीः सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राख्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले त्यो पदको गरिमा छोडेर वडा अध्यक्ष बन्न तम्सिन नहुने बताउनुभएको हो ।

उहाँले सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा नसुहाउने भन्दै सरकारको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । उहाँले खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गर्नुभयो । सांसद खतिवडाले मधेसमा खानेपानीको हाहाकार हुँदा समेत मन्त्रीले जिम्मेवारी वहन गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेशमा खानेपानीको हाहाकार छ । मान्छेहरु गाग्री लिएर मान्छेहरु सडकमा आउने स्थिति सिर्जना भयो । संघीय संसदमा खानेपानी मन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो । देखा पर्न सक्नु भएको छैन । मन्त्रीलाई संसदमा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु । अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरु आफ्नो गरिमा छोडेर वडा अध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च पदमा पुगेको मान्छे फेरी वडा अध्यक्ष हुुनु हुदैन ।’

मन्त्री यादवलाई मधेशको खानेपानीको अवस्थाबारे संसदलाई जानकारी गराउन रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।