२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीलक्षित सांसद खतिवडाको टिप्पणीः सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राख्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले त्यो पदको गरिमा छोडेर वडा अध्यक्ष बन्न तम्सिन नहुने बताउनुभएको हो ।

उहाँले सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा नसुहाउने भन्दै सरकारको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । उहाँले खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गर्नुभयो । सांसद खतिवडाले मधेसमा खानेपानीको हाहाकार हुँदा समेत मन्त्रीले जिम्मेवारी वहन गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेशमा खानेपानीको हाहाकार छ । मान्छेहरु गाग्री लिएर मान्छेहरु सडकमा आउने स्थिति सिर्जना भयो । संघीय संसदमा खानेपानी मन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो । देखा पर्न सक्नु भएको छैन । मन्त्रीलाई संसदमा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु । अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरु आफ्नो गरिमा छोडेर वडा अध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च पदमा पुगेको मान्छे फेरी वडा अध्यक्ष हुुनु हुदैन ।’

मन्त्री यादवलाई मधेशको खानेपानीको अवस्थाबारे संसदलाई जानकारी गराउन रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।