२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

शेयरमा लगानी गर्दै हुनुहुन्छ? यी कुरा बुझ्नुुहोस्

शेयरमा लगानी गर्दै हुनुहुन्छ? यी कुरा बुझ्नुुहोस्
अ अ+ अ-

काठमाडौँ । अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ । पुँजी बजारमा सिनो घोडा बोकेरै भए पनि पहिलो भएर देखाउने थुप्रै दुस्साहस हुने गर्छ तर त्यो दिगो हुन सक्दैन । केही मिनेट, घण्टा, दिन वा महिना सही देखिए तापनि अन्ततः दीर्घकालमा त्यो गलत सावित हुनेछ ।

‘डेड हर्ष थ्यौरी’ मा घोडा सवार व्यक्ति जित्न चाहन्छ । उ घोडा दौडमा पहिलो भएर उत्कृष्ट हुने अभिलाषा बोकेर हिँडेको हुन्छ । यसैले आफूसँग भएको धन दौलत सबै घोडामाथि खर्चिएर भए पनि आफ्ना प्रतिस्पर्धीलाई माथ खुवाउने यात्रामा लागी रहन्छ तर परिणाम त्यसो हुन सक्दैन । बरु आफ्नै सम्पत्ति गुम्न पुग्छ । ठीक यस्तै पुँजी बजारमा पनि हुने गरेको देखिन्छ । आफूले कुनै कम्पनीको शेयर किनेपछि जसरी पनि बजार मूल्य बढाउन खेल खेल्ने गर्छन् । चाहे त्यो आर्थिक हिसाबले कमजोर होस् वा नियामकबाट कारबाही खेपिरहेको होस् । चाहे प्रतिफल क्षमता शून्य होस् वा ऋणमा डुबेको होस् जुन अवस्थामा रहेता पनि आफूले उठाएपछि त्यो एकैपटक लसुनबाट सुन हुनुपर्ने मुर्खता जब ठूला वा साना लगानीकर्ता जो कसैले पनि गर्न सक्छ, त्यस्तो मुर्खताले दिगो सफलता भेट्न सकिँदैन । यही वास्तविकतालाई बुझ्न नसक्दा धेरै लगानीकर्ताले लगानी डुबाइरहेको देखिन्छ ।

सन् १९९८ ताका विश्वको पुँजी बजारमा सूचीकृत कम्पनीको पछाडि डट् कम लेखिएको छ भने मूल्य आकासिन्थ्यो तर सन् २००२ तिर जब ‘डट् कम बबल’ फुट्यो, राष्ट्रिय प्रतिभूति व्यापारी सङ्घको स्वचालित मूल्य सूची प्रणाली (न्यासड्याक–अमेरिका स्थित एक प्रमुख इलेक्ट्रोनिक शेयर बजार, यो संसारकै प्रथम कम्प्युटर प्रणालीमा आधारित शेयर बजार हो) को सूचाङ्क ५० प्रतिशतभन्दा बढीले घट्यो र पेटस् डट् कम र वेबभ्यान जस्ता धेरै कम्पनीहरु पूर्ण रुपमा बन्द भए । त्यसमा लगानी गरेर कमाउँछु भन्ने धेरैले आत्महत्याको बाटोसमेत रोजे । सन् २००२ देखि २००६ सम्ममा ‘रियल स्टेट बबल’ आयो त्योभन्दा अगाडि रियल स्टेटको मूल्य कहिले नघट्ने विश्वास गरेर लगानी गर्ने थुप्रै व्यक्तिहरु मुर्ख सावित भए । सन् २००८ मा बबल फुटेपछि विश्वमा वित्तीय मन्दी आयो । यसले थुप्रै लगानीकर्तालाई बगाइदियो । धेरै व्यक्तिहरु महलबाट सडकमा आइपुगे ।

नेपालमा हेर्ने हो भने ३२०० विन्दु र १८०० विन्दुको बुलमा बजार उक्लदै गर्दा खराब कर्जा ३०/४० प्रतिशत भएका र जीवनभर प्रतिफल नदिएका कम्पनीहरुको मूल्य रु एक हजारमाथि पुग्यो तर जब बजार बियरीस हुन थाल्यो, उक्त स्टकमा भरिएको बलुनको हावा फुस्कियो तब सात/आठ सय प्रतिशतको गिरावट देखियो । केही समय अगाडि केही फाइनान्स कम्पनी २४००/२६०० सयसम्म भाउ बढेर पुगे तर जब बजार हल्लिन थाल्यो । जतिबेला फाइनान्समा भएका विकृतिका विषय समाचार बनेर बजारमा आयो, त्यस्ता कम्पनीको मूल्य एक वर्षको उतावचढावमा ८०० प्रतिशतसम्म झ¥यो । तर मान्छेहरु ती कम्पनीलाई बजारको विजेता बनाउने दौडमा लागी परे । आफ्ना सारा स्रोत लगानी गरे । तर रुपकको घोडा जस्तै मृतश्ययामा पुगेका कम्पनीको भाउ छोटो समयका लागि आकासिएको देखिएता पनि उम्लिएको दूधजस्तै पहिलेकै अवस्थामा फर्किन प¥यो । यसले गर्दा अरबौको लगानी व्यर्थ भएको छ ।

लगानीमा मुर्खताले होइन, धैर्यता र अनुशासनले बाजी मार्न सकिन्छ । मुर्खताले जित्न सकिँदैन, बरु गुुमाउन प्रेरित गर्नेछ । तसर्थ सिनो भएका कम्पनीको शेयर बोकेर कमाउने र रमाउने मुर्ख नबनाँै । जित्नका लागि दौडन सक्ने घोडाको सधैँ खोजी गरौँ र त्यसैमा लगानी गर्ने बानी बसालौँ । यो नै लगानीको मूलमन्त्र हो । ‘डेड हर्ष थ्यौरी’ ले लगानीकर्तालाई दिएको मूल सन्देश यही हो ।

जहाँ सम्भावना शून्य भागभन्दा कम छ त्यहाँ प्रयास नगर्नुहोस् चाहे त्यो लगानीको क्षेत्र होस् वा जीवनका अन्य पक्ष त्यो व्यर्थ हुनेछ । जसरी मृत घोडामाथिको लगानी खेर गयो त्यसरी नै खराब शेयर माथिको लगानी बालुवामा पानी खन्याएसरह हुने निश्चित छ । कतिपय कम्पनीहरु वासलत बिग्रिएका, सञ्चालक खराब भएका, खराब कर्जाले थिचिएका, प्रतिशेयर आम्दानी र मुनाफा नकारात्मक भएका, आयले खर्च धान्न नसकेका, बजार क्षेत्र खुम्चदै गएका, प्रतिस्पर्धीको अगाडि निरीह रहेका, प्रतिफल कम्पनी खुलेदेखि दिन नसकेका, प्रविधिको विकासले माग घट्दै गएका कम्पनीको शेयरमा बजार हल्ला, कर्नरिङ्ग, म्याचिङ्ग, मिडिया ट्यापिङ र सामाजिक सञ्जालमार्फत बुलिङ आदि गरेर मूल्य बढाउने प्रयासमा लागेका हुन्छन् । त्यस्तो कम्पनीको बारेमा राम्ररी बुझ्न जरुरी हुन्छ । आफूलाई त्यस कम्पनीको यस्ता गलत प्रवृत्तिका बारेमा जानकारी छ भने त्यस्ता कम्पनीमा थप लगानी बढाउनु हुँदैन ।

कहिलेकाहीँ ‘फाइनान्स आर्मी’ को नाममा त्यस्ता कम्पनीको शेयर मूल्य अस्वभाविक बढाएर लैजाने गरिन्छ, जुन नेपालमा भयो । तर समयसँग त्यो उसको वास्तविक आकार र स्वरुपमा फर्किनु नै पर्ने हुन्छ । टुप्पामा लगानी गर्नेहरुले कहिल्यै आफ्नो सम्पत्ति पाउन सक्ने छैनन् । यसैले यस्तो दुस्साहस नगर्नु नै वेश हुन्छ । कतिसम्म भयो भने नेपाल राष्ट्र बैंकले कारबाही गर्दै गरेको कर्णाली विकास बैंकको शेयरको मूल्य कारबाही भएर कारोबार रोकिन भन्दा अघिलो दिन १० प्रतिशतको सर्किट लाग्यो । यस्तो कम्पनीमा शेयर मूल्य बढेको देखेर लगानी बढाउने नगर्नुहोस् । किनकी यसले उल्टो तपाईको खल्तीको धन सोसेर लैजाने सम्भावना बढी हुन्छ । हो, बजारमा केही हर्ष मेहताहरु हुने गर्छन् । जसले यति धेरै जोखिम उठाउँछन्, बजार मूल्य बढाउन बलुनमा यति धेरै हावा भर्छन् जुन नफुटुनजेल भरी रहन्छन् । कल्पना गर्नुहोस्, तपाईले लगानी गर्दै गरेको बेलुन त्यही प¥यो भने के हुन्छ ?पक्का छ, बलुन फुट्यो भने बलुनसँगै तपाईको लगानी पनि फुट्नेछ, कहिले फर्कने छैन । यसैले तपाई हर्ष मेहता नबन्नुहोस्, यसरी फुलाइएका स्टकहरु थाहा पाउनुभयो भने छिटो निस्कनुहोस्, थप लगानी थप्ने नगर्नुहोस् । नत्र घोडा सवारले मृत घोडामाथि सारा स्रोत रित्ताएर लगानी गरेजस्तै शेयर बजारमा लगानी गर्ने हामीहरु पनि पछुताएर हिँड्नुबाहेक बाँकी केही रहने छैन ।

तसर्थ, जे कुरा चल्दैन, त्यसलाई छोड्नु बुद्धिमानी हो, किन भने मरेको घोडा दौडिदैन । पुँजी बजारमा पनि लगानीकर्तामा देखिने लोभका कारण नै उनीहरु ठगिन पुग्छन् । कमाउने सपना लिएर बजार आएकाहरु आफ्नै सम्पति बचाउन नसकेर गुमाउन पुगेका थुप्रै उदाहरणहरु छन् । यसैले मृत घोडाबाट गरिएको आशा र कमजोर वित्तीय स्वास्थ्य र कुशासन भएको कम्पनीको शेयरमा लगानी गर्नु भनेको कहिले पूरा नहुने अधुरो लगानी हो भनेर बुझ्न सक्नुपर्छ । शून्य सम्भावनामा लगानी गरेर जोखिम लिने नगरौँ, चाहे त्यो मृत घोडा होस् वा प्रतिफल शून्य कम्पनीको शेयर, दुवै उस्तै हुन् । सधँै सजग भएर लगानी गर्ने गरौंँ । शेयर बजारले मुनाफामा हिँड्न मार्गप्रशस्त गरेको छ । मात्रै सही मार्ग पहिल्याउन सक्नुपर्छ । रासस