२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ

भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसका निलम्वित सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा अतिथि भएर सहभागि भएको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्वनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गर्नुभएको हो ।

गत बिहीवार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा बस्नेत प्रमुख अतिथि भएर सहभागि हुनुभएको थियो । सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा खेपिरहेको निलम्वित सांसदले सरकारी कार्यक्रममा सहभागि हुनु संसद र जनमतको अपमान भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारकी कार्यक्रममा भ्रष्टाचारको मुद्दा लागेका र निलम्वनमा परेका व्यक्तिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो । साथै शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला समेत हो । त्यसैले म यसको बारेमा गृहमन्त्रालयको आधिकारिक धारणा के हो ? जान्न चाहान्छु । प्रमुख जिल्ला अधिकारी भनेको अख्तियारको जिल्ला प्रमुख पनि हो । त्यसैले अख्तियारले मुद्दा दायर गरेको व्यक्तिलाई कार्यक्रमको उपस्थिति बनाइएको मात्र सरकोकारवाला सबैको ध्यानाकर्षण गर्दै सरकारसँग जवाफ पनि माग गर्न चाहन्छु । ’

उहाँले विपद्जन्य घटनाहरु बढिरेको उल्लेख गर्दै सडक यातायात खुलाउन तथा प्रभावितको जीवन रक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।