३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौँः कर्ण थापा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता कर्ण बहादुर थापाले घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता थापाले यस्तो आह्वान गरेका हुन् । साथै, उनले स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौँ भन्दै अपिल समेत गरेका छन् ।

उनले फेसबुकमा भनेका छन्–
घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौ । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौ । हरेक विबेकशित एमाले कार्यकर्तासंग हार्दिक अपिल गर्दछु ।

हिजो मंगलबार सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको भोलिपल्ट नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य थापाले असहमति जनाएका थिए ।