७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ ।

मंगलवार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रुपमा रहेको तथा राष्ट्रिय गौरवको व्यक्तित्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा यसले गणतन्त्र, स्थापित प्रणाली र संविधानमा असर पर्ने एमालेको निष्कर्ष रहेको सुनाउनु भयो । पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतिकका रुपमा सबैले सम्मान गरेको स्पष्ट पार्दै उहाँले त्यो सम्मान कायम राख्न आग्रह पनि गर्नुभयो । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा ६१ बारे पनि स्मरण गराएको छ ।

प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, ‘आज बहुचर्चित भएको, तपाईंहरूको पनि जिज्ञासा भएको, पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने उहाँले जो अभिव्यक्ति दिनुभएको छ, त्यसको सन्दर्भमा त्यसका धेरै आयामहरूमा हामीले छलफल ग¥यौँ । यसले अलि लामो समय पनि लियो । यसमा हाम्रो, नेपालको संविधानको भाग ६ धारा ६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको रहेछ । धारा ६१ (२) मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने किटानी गरेको रहेछ । धारा ६१ (३) मा राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ भनेर किटान गरिएको रहेछ । धारा ६१ को ४ मा संविधानको संरक्षक र पालना गर्ने भन्ने कुरा पनि उल्लेख भएको रहेछ । संविधानको भाग २८ को धारा २६७ को २ मा नेपाली सेनाको परमाधिपति हुने व्यवस्था गरेको छ । यसको आधारमा पार्टी के निष्कर्षमा पुग्यो भने एउटा, देशको सर्वोच्च राष्ट्राध्यक्ष पदमा पुगेको व्यक्ति, एउटा राष्ट्रिय एकताको सिम्बोल भएको व्यक्ति, संविधानको संरक्षण र पालनकर्ता भएको व्यक्तित्व, नेपाली सेनाको परमाधिपति भएको व्यक्तित्व, साझा व्यक्तित्व, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व राजनीतिक दलको नेता या कार्यकर्ता हुने कुरा हाम्रा स्थापित मूल्य, मान्यताले यो राम्रो हुँदैन ।’

प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले मात्रै नभएर सबै दलले एकताको प्रतिकका रुपमा सम्मान गरेको कुरा पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईले पनि उहाँलाई सम्मान गरिसकेको स्पष्ट पार्दै राष्ट्रिय एकताको प्रतिक एउटा दलमा आवद्ध हुनेकुरा अमान्य रहेको गौतमको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘त्यसकारण हामीले उहाँलाई दिएको सम्मानमा कुनै पनि कमी गर्न हुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नुपर्छ । उहाँ एउटा राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय गौरवको व्यक्तित्व, हाम्रो पनि गौरवको व्यक्तित्व, हामीले उहाँलाई गौरवको सिम्बोलको रुपमा सम्मान पनि गरिसकेका छौँ । सम्मान एमालेले मात्रै गरेन । कार्यक्रम एमालेले आयोजना गरेर सबै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको सिम्बोलको रुपमा हामीले सम्मान गरिसकेका छौँ । वर्तमान पविेशमा उहाँ राजनीतिमा आउन हुँदैन, आउन मिल्दैन । आउन सम्भव छैन । यसले हाम्रो मान्यता बिग्रन्छ । यसले हाम्रो व्यवस्थामा, जनतामा, प्रणालीमा, संविधानको मर्म र भावनामा पनि यसले असर पार्छ । यसले गलत नजिर र अभ्यास हुन्छ । त्यसकारण पार्टीले सम्पूर्ण रुपमा उहाँलाई दिएको सम्मानका रुपमा अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।’ 

प्रचार विभाग प्रमुख गौतमले यो निष्कर्षमा तीनजना नेताहरू उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति व्यक्त गर्नुभएको जानकारी पनि दिनुभयो । केन्द्रिय कमिटीले ‘सर्वसम्मत’ निर्णय गरिसकेपछि उहाँहरूले उठेर यसमा ‘नोट अफ डिसेन्ट’ राखेको प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।