काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिका सक्रिय नहुने एमालेले गरेको आग्रहप्रति टिप्पणी गर्नुभएको छ ।
प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत् राजालाई राजनीतिमा आउन चुनौती दिनेले राष्ट्रपति भइसकेको व्यक्तिलाई बन्देज लगाउनु विरोधाभास भएको बताउनुभएको हो ।
उहाँले जीवनको अन्तिमसम्म जसरी पनि नेतृत्वमा रहने र आफू नेतृत्वमा रहन अनेकन जालझेल गर्ने प्रवृत्ति बदल्नुपर्नेसमेत बताउनुभएको छ ।
नेता श्रेष्ठले लेख्नुभएको छ–
॰ कहिल्यै दलमा नरहने राजालाई राजनीतिमा आउन, चुनाव लड्न चुनौति दिनेहरुले दलबाट राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन बन्देज लगाउनु हदैसम्मको विरोधाभाष हो !
॰ नयाँका पुस्तामा नेतृत्व रुपान्तरणको अध्याय हामी राप्रपाले प्रारम्भ ग-यौ, दुई कार्यकाल पनि हामी नै कार्यान्वयन गर्छौं, यसमा हामी दृढ छौं । जीवनको अन्तिम समयसम्म जसरी भएपनि नेतृत्वमा रहने, आफू नेतृत्वमा रहन अनेकन जालझेल गर्ने र नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध गर्ने विषयलाई ठूला, मझौला र साना सबै दलले बदल्न जरुरी छ ।










