२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमाथि शंका छ : शेखर कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता सहयात्री दल नेकपा एमालेमाथि शंका रहेको बताउनुभएको छ ।

नेता कोइरालाले आज सामाजिक सञ्जालमार्फत् घुस मोलमोलाइ प्रकरणमा जोडिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा नदिइ बसेको र भूमि विधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेकाले एमालेमाथि शंका उब्जिएको बताउनुभएको छ ।

उहाँले कांग्रेसले खोजेको सुशासन यस्तो नभएको पनि स्पष्ट पार्नुभएको छ ।

नेता कोइरालाले घुस मोलाइ प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि छानबिन गर्न पनि माग गनुृभएको छ ।

नेता कोइरालाले सामाजिक सञ्जालमा लेख्नुभएको छ–

पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन ।

पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गरौं, भूमी विधेयकमा समितिमा गहन छलफल गरौं ।