२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

एमालेमा ओली निर्विकल्प नेता: प्रतिस्प्रर्धावाट कि अरुलाई छेकेर ?

एमालेमा ओली निर्विकल्प नेता: प्रतिस्प्रर्धावाट कि अरुलाई छेकेर ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी प्रवेश नगर्न आग्रह गर्नुको पछाडि अध्यक्ष केपी शर्मा ओलीको स्वार्थ जोडिएको छ ।

ओलीले आफूलाई एमालेको निर्विकल्प अध्यक्षका रुपमा दाबी गरिरहनुभएको छ । उहाँलाई ठक्कर दिनेहरु कोही देखिएका छैनन् । आफूमाथि प्रश्न उठाउनेहरुलाई उहाँले एकपछि अर्को गर्दै ठेगान लगाउँदै आउनुभएको छ ।

ओलीलाई चुनौती दिने माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम हुन् या भीम रावल नै किन नहुन् सबैलाई एकपछि अर्को गर्दै पार्टीबाट पन्छिनु परेको छ ।

एमालेमा ओलीले १० वर्षदेखि एकछत्र राज गर्दै आउनुभएको छ । उहाँले जे बोल्यो त्यो नै पार्टीको नीति बन्ने गरेको छ । सरकार सञ्चालनका विषयमा होस् या पार्टी चलाउने मामिलामा नै किन नहोस् ओलीलाई चुनौती दिने नेता एमालेमा छैनन् ।

विरोधीलाई तह लगाएर छाड्ने ओली प्रवृत्तिका कारण नेताहरु आजित छन् । तर पार्टीमा राम्रो पकड बनाएर बसेका ओलीविरुद्ध उनीहरु बोल्न तयार देखिँदैनन् । त्यही कारण एमालेमा ओली निर्विकल्प जस्तै देखिनुभएको हो ।

पछिल्लो समयमा ओलीलाई चुनौती दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गर्ने प्रयास गर्नुभयो । उहाँले एमालेको पार्टी सदस्यतासमेत नवीकरण गर्नुभएको थियो । तर त्यो सदस्यता ओलीकै निर्देशनमा होल्ड भएको छ । भण्डारीलाई पार्टीमा अघि बढ्न ओलीले नै रोक लगाइदिनुभएको छ ।

ओलीले पार्टीमा आफ्नो एकाधिकार कायम राख्न चितवनमा भएको १० औं महाधिवेशनमा ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुनु नपाउने विधानको व्यवस्था संशोधन गर्नुभयो । उहाँले आफ्नै लागी पार्टी विधान परिवर्तन गर्नुभएको हो । अहिले पनि पदाधिकारी, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटीबाट पारित नयाँ विधानको मस्यौदामा ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने व्यवस्था राखिएको छैन । त्यो ओलीलाई नै लक्षित गरि भएको हो ।

पूर्वराष्ट्रपति भण्डारी र उहाँ निकट केही नेताहरुले उमेर हद र कार्यकाल तोक्नुपर्ने कुरा उठाउँदै आएका छन् । पार्टीमा फर्कने चाहना पनि भण्डारीले राख्दै आउनुभएको छ । तर ओलीले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने कुरालाई पूरै नकारी दिनुभएको छ ।

केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा ओलीले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने कुरालाई सदस्यता नवीकरणमा लगेर अड्काइ दिनुभएको हो ।

भण्डारीलाई ‘गणतन्त्र गौरव’को सम्मान दिइएकोसमेत स्मरण गर्दै उहाँले पार्टीको राजनीतिभन्दा माथि रहेर बस्नुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले पार्टी विधानको धारा ८ र ९ उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताउनुभएको छ ।

भण्डारीले पार्टीको ११ औँ महाधिवेशनबाट नेतृत्व लिने तयारीसहित गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । तर एमालेले विधानको प्रावधानको किचलो झिकेर तगारो हालेको छ ।

भण्डारीका हकमा तगारो हालेको एमालेले अन्य नेताका हकमा यो प्रावधान लागू गरेको छैन । संविधानसभाको अध्यक्षदेखि सभामुखसम्म बनेका स्वर्गीय सुवास नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना एमालेले पार्टीमा फर्किन रोकेन । नेम्वाङ पार्टी सदस्यता त्याग गरी पछि पुन: नवीकरण गरेर १०औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

ओलीले अहिले आफू निर्विकल्प बन्न अनेक हथकन्डा अपनाउँदै आउनुभएको छ । उहाँले विचार र सिद्धान्तका आधारमा मात्र अरुलाई निषेध गरे निर्विकल्प बन्नुभएको हो । ओलीको यो नीति कहिलेसम्म काम गर्छ भन्न सकिने अवस्था छैन ।