८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेका छौँः गृहमन्त्री लेखक

विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेका छौँः गृहमन्त्री लेखक
अ+ अ-
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) सङ्घ/नेपाल ड्रोन सङ्घबीच आज मन्त्रालयमा भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले प्रयोगले विपद् प्रतिकार्यका क्रममा खोज, उद्धार र राहत (औषधि र पानीलगायत) ड्रोनमार्फत पु¥याउन सकिने अवस्था बनेको बताउनुभयो ।
गृहमन्त्री लेखकले विपद् पूर्वसूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरूरी रहेको बताउँदै पूर्वसूचना प्रणालीलाई चुस्तदुरुस्त बनाउने गरी काम भएको जानकारी दिनुभयो । “हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौँ । बाढीपहिरो, भूकम्प, चट्याङ र लूदेखि हिउँलाग्नेसम्मको जोखिममा छौँ”, मन्त्री लेखकले भन्नुभयो,“अब निजी क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्ति पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौँ । यसले सकारात्मक परिणाम दिनेछ ।”
मन्त्री लेखकले विपद् प्रतिकार्य र व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्ने काम भइरहेको बताउनुभयो । नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडिएर राष्ट्रको महत्त्वपूर्ण दायित्व पालना गर्न अघि बढेकामा ड्रोन सङ्घलाई उहाँले धन्यवाद दिनुभयो ।
समझदारी पत्रमा प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) सङ्घबीच सहकार्य गरी खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरीक्षण, भौगोलिक नक्शाङ्कन, क्षति मूल्याङ्कन र सूचना सङ्कलन तथा विश्लेषण कार्य गरिने उल्लेख छ ।
यस्तै, विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यकताअनुसार माग गरेमा ड्रोन सङ्घले निःशुल्क रूपमा उपकरण (पाइलटसहित) उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । यस कार्यमा खटिने  सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ ।
प्रचलित कानुन र ड्रोन उडानसम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ । ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका लागि समन्वय समितिसमेत गठन गरिएको छ । जसमा प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन् । प्राधिकरणको समन्वयमा गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले तत्काल ड्रोन उडान गर्ने/गराउने गरी परिचालन गर्नेछ । उक्त समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने सर्त राखिएको छ ।
कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्य, प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेश भट्ट, नेपाल ड्रोन सङ्घका अध्यक्ष राजबाबु महर्जनलगायत उपस्थित हुनुहुन्थ्यो । यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसँग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्धारलगायत विषय समेटेर समझदारी गरिसकेको छ ।