१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन निर्माण गर्न आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी निर्माण गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान, कानूनअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन संशोधन हुनुपर्न र यो दुई वर्षभित्र सक्न पनि सरकारसँग आग्रह गरेको बताउनु भयो । उहाँले पालको संविधानअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी आयोगको ऐन बनाउनुपर्ने सुझाव आफूहरुले दिएको बताउनु भयो ।

अध्यक्ष मगरले भन्नुभयो, ‘छाउपडीको बारेमा अन्वेषण भएको छ तर कार्यान्वनय भएको छैन । छाउगोठ भत्काइदिन्छ, फेरि छाउगोठ बनिरहेको छ । ऐन नभएको होइन, ऐन छ तर कार्यान्वयन राम्रोसँग भएको छैन । बालविवाहको कुरामा पनि हामीले सुझाव दिएका छौँ ।राष्ट्रिय मानव अधिकार आयोगको ऐन ड्राफ्ट भइरहेको छ । संविधान, कानूनअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन संशोधन गर्ने दुई वर्षभित्र भनिएको छ । नेपालको संविधानअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी आयोगको ऐन बनाउनुपर्ने सुझाव दिएका छौँ । ऐन चाँडै पास हुनुपर्छ ।’

अध्यक्ष मगरले उहाँले नेपालमा छाउपडी प्रथा ऐन नभएका कारण नरोकिएको नभइ कार्यान्वयन हुन नसक्दा जटिलता उत्पन्न भएको बताउनु भयो ।