३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहको उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विवाहको उमेर घटाउने नभइ विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरिरहेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गर्न लागेको बताउनु भयो । उहाँले नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्नुभयो ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘विवाहको उमेर घटाउने होइन, विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई गार्जियनको बीचमा भएको असहमतिको कारण कारबाही भोग्नुपरेको अवस्थालाई सजायलाई न्युन गर्ने व्यवस्था कानून मन्त्रालयले गर्दैछ । नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट छ । जहाँ संविधानमै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरिएको छ । सकारात्मक कामलाई सकारात्मक रुपमा लिनुपर्छ । अपराध दुनियाँको सबै मुलुकमा हुन्छ । तर अपराधीलाई कारबाही सरकारले गरेको छ की छैन त्यो महत्वपूर्ण कुरा हो ।’

मन्त्री चौरसियाले मानव अधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेकुरामा सरकारले प्राथमिकता दिइरहेको बताउनु भयो ।