१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सबै नेताहरुलाई मैले अनुरोध गर्या छु, सहमती, सम्झौता बिन्दु खोजौँ’- रामचन्द्र पौडेल



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बिचमा सहमतीको बिन्दु खोज्नुपर्ने बताउनुभएको छ । 

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठक पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतीको बिन्दुको खोजि गर्नुपर्ने बताउनुभएको हो । उहाँले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमती र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिनुभयो ।

उहाँले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाललाई असफल राष्ट्र बनाउन पाइदैनँ भन्ने मेरो भनाई हो । सबै नेताहरुलाई मैले अनुरोध गर्या छु । सहमती, सम्झौता बिन्दु खोजौँ । कुनै न कुनै सहमतीको विन्दु खोजौँ । तर यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जतिपनि अवरोधहरु छन् । सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुप¥यो भन्नेकुरा मैले गरें । मैले १५÷१६ बुँदे एउटा सुझावपनि प्रस्तुत ग¥या छु भोलि त्यसमा छलफल हुन्छ । उहाँले अलिअलि दुखेसो, गुनासोहरु गर्नुभएको छ । तिनका बाबजुद पनि त समाधान त चाहियो । निकास त चाहियो नि जसरी पनि भन्नेकुरा मेरो छ ।’

संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताउनुभयो । आफुले सुझावहरु समेत पेश गरेको भन्दै उहाँले सो सुझावहरुको विषयमा पनि छलफल गरिने उल्लेख गर्नुभयो ।