३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण



अ+ अ-

ताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ ।

बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्वतयारी तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री व्यवस्थापन गर्न निर्माण गरिएको उक्त केन्द्रको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको हो ।

कूल रु आठ लाख ६० हजार ७८८ मा सम्पन्न भवन निर्माणमा फुङ्लिङ नगरपालिकाबाट रु छ लाख र गुल्मको आन्तरिक स्रोत तथा श्रमदानमार्फत बाँकी रकम व्यवस्थापन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार सामग्री व्यवस्थापनमा विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले सहयोग गरेका छन् ।

मिक्वाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति तथा डिभिजन वन कार्यालय ताप्लेजुङद्वारा विभिन्न उद्धारका सामग्री प्राप्त भएको जनाउँदै उक्त सामग्री पनि भण्डारण गरिएको प्रहरी नायब उपरीक्षक महर्जनले बताउनुभयो । रासस