२६ असार २०८३, शुक्रबार
,
Latest
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण



अ+ अ-

ताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ ।

बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्वतयारी तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री व्यवस्थापन गर्न निर्माण गरिएको उक्त केन्द्रको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको हो ।

कूल रु आठ लाख ६० हजार ७८८ मा सम्पन्न भवन निर्माणमा फुङ्लिङ नगरपालिकाबाट रु छ लाख र गुल्मको आन्तरिक स्रोत तथा श्रमदानमार्फत बाँकी रकम व्यवस्थापन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार सामग्री व्यवस्थापनमा विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले सहयोग गरेका छन् ।

मिक्वाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति तथा डिभिजन वन कार्यालय ताप्लेजुङद्वारा विभिन्न उद्धारका सामग्री प्राप्त भएको जनाउँदै उक्त सामग्री पनि भण्डारण गरिएको प्रहरी नायब उपरीक्षक महर्जनले बताउनुभयो । रासस




भर्खरै